दसैँ आयो - रश्मी श्रेष्ठ जोशी

Rasmi-Joshi-2022- third poem

स्कुलबाट धेरै दिनको बिदा पाएँ  मैले

दसैँ आयो दसैँ आयो थाहा पाएँ मैले

नयां नाना पाएँ मैले जुत्ता पनि पाएँ

बजार घुम्दा रंगीचंगी चङ्गा किनी ल्याएँ ।।

 

मन्दिरको दर्शन गरेँ, मेला घुम्न गएँ

लिङ्गे पिङ्ग खेल्न पाउँदा साह्रै खुसी भएँ

टीका लाउन जाँदा खेरि नयाँ नाना लाएँ

सबैसंग रमाई रमाई दसैँ भोज खाएँ ।।

 

मामाघर, काकाघर सबैतिर गएँ

सबैसँग भेट्न पाउँदा साह्रै खुसी भएँ  

टीका लाएँ, जमरा लाएँ, दक्षिणा नि पाएँ,

असल मानिस बन्नु भनी आशीर्वाद  पाएँ 

 

घरमा आई दक्षिणालाई खुत्रुकेमा हालेँ

दसैँ आयो, दसैँ आयो, थाहा पाएँ मैले

साना ठूला सबै मिली चाडबाड मनाएँ

सबैलाई खुसी देख्दा मन रमाएको ।।

 

जति राम्रो चाड हाम्रो त्यत्ति नै रैछ महिमा

चाडबाड संस्कृतिले बढ्छ देशको गरिमा

चाडबाडसंस्कृतिको महत्वलाई बुझेँ

दसैँ आयो, दसैँ आयो, थाहा पाएँ मैले ।।

Literature: 
Language: