Since 2003, Children's Literature Foundation Nepal has been dedicated on the creative development of children by increasing their reading habit.

ब्राइट फ्युचरकी छात्रा हिरोइन

Sep
02
bright-future-school-news

शिक्षा दिने शिक्षकको कथालाई पर्दामा उतार्न थालिएको नेपाली चलचित्र टिचरमा ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत छात्रा सलिना बस्नेत हिरोइन हुने भएकी छिन् । उनका पिता वरिष्ठ निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा उनले मुख्य भूमिकामा अभिनय गर्न लागेकी हुन् । यस अघि उनले थुप्रै चलचित्रमा बालकलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् ।

Posted By ketaketionline read more

रोचक जानकारीहरू

Sep
02

सन् १३३७ र १४५३ का बीच बेलायत र फ्रान्सका बीचमा अनेक छोटा छोटा युद्धहरू भए । यी युद्धहरूलाई सामूहिक रुपमा “सयवर्षे युद्धहरू भनिन्छ । बेलायतीहरूले पटक पटक फ्रान्सको सत्तालाई कब्जा गर्ने कोसिस गरिरहे । तर फ्रान्सेलीहरूले त्यसको प्रतिकार गरि नै रहे । १४१५ मा बेलायती राजा हेनरी पाचौंले फ्रान्समाथि जबरजस्त आक्रमण गरेर एजिनकोर्ट युद्ध जितेर फ्रान्सलाई आफ्नो अधिनमा ल्याए ।

Posted By ketaketionline read more

प्रयास नेपालमा कथावाचन

Sep
02
prayas-nepal-children

बालबालिकाको संरक्षण र बाअधिकारको प्रवर्धनका लागि क्रियाशील सामाजिक संस्था प्रयास नेपाल अनाथालयमा आश्रित बालबालिका माझमा बालबालिकाका लागि साहित्य लेख्ने लेखक कार्तिकेयले कथावाचन गर्नु भएको छ ।

Posted By ketaketionline read more

‘बालबालिकाको सिर्जनात्मक विकासमा योगदान दिनु कोषको मुख्य काम हो’

Sep
02
mohan-karki-president-kartikeya-trust

मोहन कार्की कार्तिकेय बालप्रतिभा पुरस्कार कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ । विगत दश वर्षदेखि बालप्रतिभाको प्रवर्धनका लागि समर्पित यस कोषको स्थापना, कार्यक्रम र उद्देश्यवारे उहाँसँग गरिएको कुराकानी यस अंकमा हामीले प्रस्तुत गरिएको छ ।

Posted By ketaketionline read more

लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ?

Sep
02

मेरो मनपर्ने ठाउँ स्तानबुलको समुद्रको किनार र नेपालमा पोखरा हो । मलाई मनपर्ने लेखक विलियम ब्लेव र लक्ष्मीप्रसाद देवकोटा हुन् । भविष्यमा मलाई अन्तरिक्ष यात्री बन्ने इच्छा छ । मेरो लक्ष्य पनि त्यही हो । डाक्टर बन्न मलाई मन छैन ।

Posted By ketaketionline read more

दृष्टिविहिन दुई बालप्रतिभाहरुसँग गरिएको कुराकानी

Sep
02

सरिता अधिकारी कक्षा १० मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् ।

Posted By ketaketionline read more

अञ्जना पहिलो ‘इन्डियन आइडल जुनियर’

Sep
02

पहिलो ‘इन्डियन आइडल जुनियर’को विजेता अञ्जना बनेकी छिन् । भारतीय टेलीभिजन सोनीबाट प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल जुनियर’को फाइनलमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै बैंगलोरकी अञ्जनाले उपाधि जितेकी हुन् ।

Posted By ketaketionline read more

नेवारी गुभाजुको जादुको कथा

Sep
02

नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने चेलाको धेरै जनसमुदायको बीचमा पेट काटेर मुटु र कलेजो झिकेर नजिकै एउटा केराको पातमा राख्दै आफ्नो चटकको बखान गर्दै थियो कि मसँग टक्कर लिने क्षमता कसैसँग छैन, म जे भन्छु त्यही हुन्छ । यस्तो अहंकारयक्त र एकोहोरो वचन उसले भनिरहेको थियो ।

Posted By ketaketionline read more

‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार, २०७०’ का लागि पाण्डुलिपि पठाउन आब्हान

Sep
01

वरिष्ठ लेखक गोविन्द बहादर मल्ल ‘गोठाले’ को स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०७० का लागि किशोरका लागि रचना गरिएको कृतिको पाण्डुलिपि यही २०७० कार्तिक मसान्तभित्र पठाउनुहुन आब्हान गर्दछौं ।
       किशोर साहित्यको टड्कारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यताको स्थितिलाई गति प्रदान गर्ने कार्यमा सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठकोे संस्थापकत्वमा दुई लाखको अक्षयकोष जुटाएर यस पुरस्कारको स्थापना भएको  हो । केटाकेटी मिडियाको संयोजनमा यो पुरस्कार वि. सं. २०६९ बाट बितरण गर्न शुरु गरिएको हो ।
        किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गरी उनीहरूलाई साहित्यिक मिठास दिन समर्थ उत्कृष्ट आख्यान कृतिको पाण्डुलिपिलाई हरेक वर्ष नगद रु ११ हजार १ सय ११ नगद र ताम्रपत्रसहित यो पुरस्कार हरेक वर्ष प्रदान गरिंदै जाने लक्ष्य रहेको छ ।

Posted By ketaketionline read more

वरिष्ठ साहित्यकार डायमन शमशेर राणा भन्नुहुन्छ ...

Sep
01
“साहित्यको विकासबिना देशको प्रगति सम्भव छैन” यो भनाइ हो वरिष्ठ ऐतिहासिक उपन्यासकार साहित्यकार डायमन शमशेर राणाको । उनका हजुरवुवा जनरल शेर शमशेर ज.व.रा. पश्चिम नेपाल पाल्पाका बडा हाकिम थिए वि.स. १९६२ मा । साथमा छ रानी, सात छोरा, पाँच बढी बुहारी, तेह« छोरी र धाई सुसारे, नोकर चाकर । त्यहीँ गौडाको सर्वोच्च शासक बस्ने सरकारी भवनमा बसेका थिए ।
Posted By ketaketionline read more

Pages

Subscribe to Ketaketi Online RSS