साहित्यकार एवं नेता विश्वेश्वर प्रसाद कोइराला

Sep
18
bp_koirala/ketaketi online

  जीवनी


– गोपाल पराजुली


‘मानिस ठूलो बन्ने होइन, असल बन्नुपर्छ ।’


आफ्नो प्रसिद्घ उपन्यास ‘मोदिआइन’ बाट पाठकलाई यो सन्देश दिने साहित्यकार हुन् विश्वेश्वरप्रसाद कोइराला । उनलाई बी. पी. कोइराला नामबाट पनि चिनिन्छ । विश्वेश्वरप्रसाद कोइराला उनका बाबु कृष्णप्रसाद कोइरालाका साहिँला छोरा थिए । उनकी आमाको नाम दिव्या कोइराला हो । उनका बाबु सिन्धुली जिल्लाको दुम्जा भन्ने ठाउँबाट मोरङ जिल्लाको बिराटनगरमा बसाइँ सरेका  थिए । राणाशासनको विरुद्घ लागेको कारणले कृष्णप्रसाद कोइराला भारतको बनारसमा गई बसे । त्यहीँ बसेका बेलामा बनारसमा नै वि. सं. १९७१ साल भाद्र महिनाको २४ गते विश्वेश्वरप्रसादको जन्म भएको थियो ।

Posted By ketaketionline read more

रुसी केटाकेटीहरुसँगको रेल यात्रा

Sep
18
ukrain-train-photo

- युक्रेनबाट सरोज शाही 

युक्रेनको ओडेसा भन्ने सुन्दर शहरबाट हामीले रेल भित्र पाइला हाल्दा हामी नेपाली अनुहार तीन जना मात्र थियौं । हामी त्यही देशको अर्काे ठूलो शहर लुगान्स्कतिर फर्किरहेका थियौं । हामीलाई दिइएको टिकट अनुसारको सीटमा हामी चुपचाप बसिरहेका थियौं । रुसी मानिसहरु हामी बसेको ठाउँ भएर यता उता गरिरहेका थिए । हामीलाई रुसी भाषा खासै आउन्न थियो । साँझको समय भएता पनि गाढा रंगको पहेंलो घामले आकाश छाडेको थिएन । केही केटाकेटीहरु हामीलाई हेर्दै शौचालयतिर कुदिरहेका थिए । हामी पनि विदेशी पर्यटकलेभैं उनीहरुलाई हेर्दै मन्द मुस्कान दिन्थ्यौं । भाषाकै कारणले गर्दा उनीहरुसँग चाहेर पनि संवाद गर्न सकिने संकेत देखा परेन ।

Posted By ketaketionline read more

अङ्ग्रेजी सिक्दै चिनियाँ बालबालिकाहरु

Sep
18
chinease-children-news-photo

— सरोज शाही from China

केही दिन अघि मेरा एक मित्रले मलाई एउटा सानो घरमा लग्नुभएको थियो जहाँ नबुझिने खालका चिनियाँ अक्षरहरु भित्तामा कुँदिएका थिए । स–साना भाइ–बहिनीहरु यताउता दौडिरहेका थिए । हामीलाई देखेर तिनीहरुले पर्यटक आए है हाम्रो स्कुलमा भनी रमाई–रमाई हेर्न थाले । हामीहरु पनि तिनीहरुलाई हेलो भन्दै गाला मुसार्दै एउटा त्यो सानो घरभित्रको कक्षाकोठामा स–साना स्कुले भाइ बहिनीहरुलाई अंग्रेजी भाषा बोल्न, लेख्न र सुन्न सिकाइने रहेछ । मेरा ती मित्रले त्यही स–साना भाइ बहिनीहरुलाई अंग्रेजी भाषा बोल्न सिकाउने रहेछन् ।

Posted By ketaketionline read more

विभिन्न विद्यालयका दश उत्कृष्ट बालप्रतिभाहरुको आवाज

Sep
18

बालदिवस २०७० विशेष


१.  बन्दीपुरका प्रतिभा नारायण सुयल

Posted By ketaketionline read more

नेपाली बालसाहित्यका विभिन्न कृतिहरु मराठी भाषामा प्रकाशित

Sep
18
marathi-book-cover

विभिन्न नेपाली बालसाहित्य लेखकका बालकथाका कृतिहरु मराठी भाषामा प्रकाशित भएको खबर प्राप्त भएको छ । यी कृति भारतको पुनेमा रहेको स्पर्श प्रकाशनले प्रकाशित गरेको हो ।

Posted By ketaketionline read more

एक्लै गौशालाबाट चावहिल आउन डराउँथेँ

Sep
17
achyut-acharya

प्रा. डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनी समाजसेवाका क्षेत्रमा पनि सक्रिय छन् । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गरेका छन् । दुःखी गरीब बालबालिकाहरुलाई विभिन्न अनाथालमा गई निशुल्क उपचार गरिदिने र औषधीसमेत सहयोग गर्ने डा. आचार्य चिकित्सा क्षेत्रका आदरणीय व्यक्तित्व हुन् । यस अंकमा डा. आचार्यसँग उनको बाल्यकालका बारेमा कुराकानी गरेका छौं । उनी आफ्नो बाल्यकाल यसरी सनाउँछन् ः

Posted By ketaketionline read more

राम्री नानी

Sep
15
ranjushree-parajuli

        - रञ्जुश्री पराजुली
 
आज नानी कता जान्छे
बुबुमाम सबै आफैं खान्छे
भोलि नानी अलि ठूली हुन्छे
पुस्तक च्यापी पढ्न जान्छे ।

Posted By ketaketionline read more

टाईम्स ईन्टरनेशनल मन्टेश्वरी स्कुलका विद्यार्थीले रेड डे मनाए

Sep
15
times-school-children

सितापाईलास्थित टाईम्स ईन्टरनेशनल मन्टेश्वरी स्कुलका विद्यार्थी र शिक्षिकाले तीज मनाएका छन् । तीजका अवसरमा सबै महिला रातो पहिरनमा देखिने भएकाले कार्यक्रमलाई रेड डे अर्थात रातो दिन नाम दिइएको थियो । कार्यक्रममा सबै विद्यार्थी एवं शिक्षिकाले रातो पहिरन लगाएर नाचगान गरेका थिए ।

Posted By ketaketionline read more

आज एग्लान्टाइन जेबको कुरा गरौं

Sep
15

भाइबहिनीहरु,

आज एग्लान्टाइन जेबको कुरा गरौं । किनकि उनी नै बालअधिकार वारे कुरा गर्ने पहिलो मानिस हुन् । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले चिन्छन् । उनले सन् १९२३ मा बालअधिकार अभियान सुरु गरेकी थिइन् । यसै अभियानकै क्रममा त्यही वर्ष उनले पाँचबुँदे बालअधिकार घोषणापत्र पनि तयार पारेकी थिइन् । त्यो घोषणापत्र जेनेभा घोषणापत्रका रुपमा परिचित छ । उनले सुरु गरेकै बालअधिकार अभियान बढ्दै गएर सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि पारित भएको अवस्थासम्म पुगेको हो । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले भनेका हुन् ।

Posted By ketaketionline read more

भित्री आँखा

Sep
15
lalita-doshi-at-ketaketi

          — ललिता दोषी

सेतो लौरी हातमा छ
पीठमा ठूलो झोला
छामछाम छुमछुम गर्दै आइन्
नेत्रहीन नीरा

Posted By ketaketionline read more

Pages

Subscribe to Ketaketi Online RSS