नेवारी गुभाजुको जादुको कथा

Sep
02

नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने चेलाको धेरै जनसमुदायको बीचमा पेट काटेर मुटु र कलेजो झिकेर नजिकै एउटा केराको पातमा राख्दै आफ्नो चटकको बखान गर्दै थियो कि मसँग टक्कर लिने क्षमता कसैसँग छैन, म जे भन्छु त्यही हुन्छ । यस्तो अहंकारयक्त र एकोहोरो वचन उसले भनिरहेको थियो ।

Posted By ketaketionline read more

‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार, २०७०’ का लागि पाण्डुलिपि पठाउन आब्हान

Sep
01

वरिष्ठ लेखक गोविन्द बहादर मल्ल ‘गोठाले’ को स्मृतिमा स्थापित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार वर्ष २०७० का लागि किशोरका लागि रचना गरिएको कृतिको पाण्डुलिपि यही २०७० कार्तिक मसान्तभित्र पठाउनुहुन आब्हान गर्दछौं ।
       किशोर साहित्यको टड्कारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यताको स्थितिलाई गति प्रदान गर्ने कार्यमा सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठकोे संस्थापकत्वमा दुई लाखको अक्षयकोष जुटाएर यस पुरस्कारको स्थापना भएको  हो । केटाकेटी मिडियाको संयोजनमा यो पुरस्कार वि. सं. २०६९ बाट बितरण गर्न शुरु गरिएको हो ।
        किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गरी उनीहरूलाई साहित्यिक मिठास दिन समर्थ उत्कृष्ट आख्यान कृतिको पाण्डुलिपिलाई हरेक वर्ष नगद रु ११ हजार १ सय ११ नगद र ताम्रपत्रसहित यो पुरस्कार हरेक वर्ष प्रदान गरिंदै जाने लक्ष्य रहेको छ ।

Posted By ketaketionline read more

वरिष्ठ साहित्यकार डायमन शमशेर राणा भन्नुहुन्छ ...

Sep
01
“साहित्यको विकासबिना देशको प्रगति सम्भव छैन” यो भनाइ हो वरिष्ठ ऐतिहासिक उपन्यासकार साहित्यकार डायमन शमशेर राणाको । उनका हजुरवुवा जनरल शेर शमशेर ज.व.रा. पश्चिम नेपाल पाल्पाका बडा हाकिम थिए वि.स. १९६२ मा । साथमा छ रानी, सात छोरा, पाँच बढी बुहारी, तेह« छोरी र धाई सुसारे, नोकर चाकर । त्यहीँ गौडाको सर्वोच्च शासक बस्ने सरकारी भवनमा बसेका थिए ।
Posted By ketaketionline read more

बालबालिकाको सुनौलो भविष्यका लागि पहिला यी साना कुरा सोचौं

Sep
01

‘छोरो जन्मियो यार, अब म यसलाई पाइलट बनाउछु । छोरी जन्मिन् अब म यिनलाई वकिल बनाउँछु यार ! अहिले वकिलको क्रेज ठूलो छ क्या !’ विहिवारको दिन म एउटा स्कुलमा पुग्दा दुईजना सरहरु यसरी गफिरहेका थिए । म छेउमै बसेर उनीहरुको गफ सुन्दै मुसुमुसु हाँसे । पाले दाइले टङ घन्टी बजाए । दुवैजना जुरुक्क उठेर कक्षा कोठातिर हिडें ।

Posted By ketaketionline read more

सेराफिम्स स्कुलको रजत जयन्ती मनाइयो

Sep
01

काठमाडौंको कालिमाटीमा अवस्थित सेराफिम्स पब्लिक स्कुलको २५ औं वार्षिकोत्सव एवं रजत जयन्ती समारोहका अवसरमा समाजमा विशेष योगदान पु¥याउनुहुने उद्योगी, खेलाडी, समाजसेवी, शिक्षासेवी, प्रहरी बृत्त र साहित्यकार एवं पत्रकार गरी विभिन्न व्यक्तित्वहरूलाई एक समारोहमा सम्मानित गरिएको छ ।

Posted By ketaketionline read more

मेरो जीवनकथा

Sep
01
anjana-rajbanshi

          – अञ्जना राजबंशी
मेरो जीवन जहाँ सबै भन्दा पहिले म छु, मेरो परिवार छ, मेरो समाज छ अनि यो सिंगो बिश्व छ । कति धेरै बाँधिएको छ मेरो जीवन । तर पनि म दुखि छुइन कारण मेरो जीवनमा मेरो उद्देश्य छ, ‘खुशी हुने र सबैलाई खुशी दिनेमा’ आफूलाई एकदमै माया गर्छु  र मलाई थाहा छ  मेरो जीवनले पनि माया गर्छ मलाई ।  म र मेरो जीवन बीचको  यो अनन्त प्रेमले मेरो  हरेक पाइलामा मलाई ऊर्जा दिन्छ र अघि बढ्छ । तसर्थ  मेरो जीवन मेरो लागि एउटा शक्ति हो,  प्रेरणा हो । 

Posted By ketaketionline read more

नेपाली भाषाको अनादर

Sep
01
केही दिन अघिको कुरा हो । म राजधानीका विभिन्न विद्यालयहरुमा बालबालिकाका रचनाहरु संकलन गर्दै थिएँ । केटाकेटी नेपाली भाषामा प्रकाशित हुने बालपत्रिका हो । यसै पत्रिकाका लागि बालबालिकाका रचनाहरु संकलन गरिएको हो । यसै सन्दर्भमा म राजधानीको प्रतिष्ठित निजी विद्यालयमा पुगेको थिएँ । त्यस विद्यालयका सहायक प्रधानाध्यापकलाई आफ्नो पत्रिका देखाउँदै कुरा गर्दै थिएँ ।
Posted By ketaketionline read more

बालसाहित्यका लागि मेरा केही अभिमतहरू

Sep
01

बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ ।

Posted By ketaketionline read more

उस्तै रात दिन - by Neelam Karki 'Niharika'

Sep
01
neelam-karki

                             – नीलम कार्की निहारिका
एकै हुन्छ मेरा लागि उस्तै रात दिन
संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ?

हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे
लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे
हरियो र नीलो भन्ने, रंग कस्तो होला
आकाशले छोपी राख्या धर्ती कत्रो होला ?
एकै फेर मनभित्र तस्बिर, खिच्न पाएँ भने
कल्पी बाच्थे सबैतिर ,कालै बादल छाएपनि

आमा बाबु एकान्तमा भाग्य छाम्दै रोलान्
दिदी भनी बोलाउने भाइ कस्ता होलान् ?
छाम्दा तातो हुन्छ आसु बग्दा कस्तो होला ?

Posted By ketaketionline read more

साना विद्यार्थी माथिको हिंसा कम गरौं

Sep
01

साना कक्षामा पढाउने शिक्षक–शिक्षिकाहरूले नै किन बढी बालबालिकामाथि हिंसा गरिरहेका छन् ?
यो विषयमा केटाकेटी मिडियाको कार्यालय सेतो ढोका जमल, काठमाडौंमा दशवटा विद्यालयका शिक्षिकाहरूसँग छलफल गरिएको थियो । उक्त अवसरमा यस विषयमा चासो राख्ने अभिभावक र केही विद्यार्थीहरूले पनि विचार व्यक्त गरेका थिए ।

Posted By ketaketionline read more

Pages

Subscribe to Ketaketi Online RSS