बुकआर्ट नेपालले रङ्गीन साजसज्जामा रमाइला छ वटा किताबहरु प्रकाशन गरेको छ । यीमध्ये पानी जोगाऊ नानी, जाँचको बेला र आगोको कथा गरी तिन कृति बालसाहित्य लेखक कार्तिकेयले लेखेका हुन् । यसमा काया इन्टरनेसनलको चित्राङ्कन् रहेको छ ।
नेपाल र विश्वभरी रहेका पाठकहरू सामु पुुस्तक, लेखक र प्रकाशकहरूलाई प्रवद्धन गर्नको निम्ती नेपाली बजारमा पहिलो पटक कथालयले वी रिड एप्लिकेसन (विद्युत्तिय पुस्तक मोवाईल एप्लिकेसन) बजारमा ल्याएको छ । यो एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको अंग्रजी, नेपाली तथा अन्य क्षेत्रिय भाषाका (देवनागरी लिपीमा उपलव्ध हुने) पुस्तकहरू रहनेछन् । यो एप्लिकेसन एन्ड्रेएड सिस्टम चल्ने मोवाईल, ट्याव र केहि महिनामा ई–पुस्तकालयको प्रवद्धनको लागी कम्प्युटर र ल्याप्टपमा विषेश संस्करण पनि उपलव्ध हुनेछ ।