लक्ष्य

raja-puniyani

- राजा पुनियानी
टिङटिङटिङटिङटिङटिङटिङ।।।
एउटा बूढो हातले समाएको काठको मार्तोलले लामो ठोक्यो जलप उप्किसकेको घण्टीलाई।

घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै। यसरी नै सधैं दुवै एकसाथ घर फर्किन्छन्। घर फर्किनुअघि दोकाने बढीको आलुदम किने दुइ(दुइ रुपियाँको। सिन्काले घोंच्दै आलु मुखमा हाल्दा(नहाल्दै दुवै पीरोले स्वाँस्वाँ गर्न थाल्छन्। घर जाँदा आउने लामो उकालो बाटोजस्तै उनीहरूलाई पीरो पच्न थालेको छ, जाडो पच्न थालेको छ, जङ्गली बाटोको ठेस पच्न थालेको छ। अनि, कहिलेकाहीँ ठीकलाई ठीक हो, कहिले चाहिँ बेठीकलाई ठीक हो भनेर लदाइएका तीता र चाम्रा कुराहरू पनि।       
रवि- अन्त तँलाई थाहा छ, लक्ष्य भनेको के होर ?
वीर- अँ थाहा छ।
रवि- लु भन् त के हो लक्ष्य भनेकोरु
वीर- जहाँ पुग्नु छ, त्यो लक्ष्य हो।
रवि- हामी जीवनमा जे हुनु चाहन्छौं, त्यो पनि लक्ष्य नै त हो ।
----------
हिँडिरहेका दुवै एकछिन चुपो लाग्छन् । एकार्कालाई हेर्छन् र मौनताको क्षणिक आपसी सहमतिपछि फेरि उनीहरूले सुनेर, सुनाइएर, थोपिएर सङ्कलन गरेका सूचनाहरू ठोक्किन थाल्छन् प्रायस् भइरहने सडक दुर्घटनाहरूझैं। अस्ति बुधवारको दिन मूल सडकमै एउटी मैली केटीलाई एउटा ट्रकले कुल्चिएर मारेको हो। त्यो केटीको सनाखत हुन नसकेकोले केही स्थानीय युवकहरूले पैसा उठाएर त्यसको लाश पोल्ने व्यवस्था गरिदिएका थिए।
-----------
अहिले आलुदम सकिसकेको छ । उनीहरूको स्वाँ(स्वाँ पनि। तर सकिएको छैन उनीहरूको बाटो। अझ एक थुम्का नाकै छुने ठाडो चढिसकेर अहिलेसम्म जति हिँडेका छन् झण्डै त्यसभन्दा अढाइ गुणाजति तेर्सो काटेपछि फेरि केही उकालो नाघेर मात्र बल्ल उनीहरू घर पुग्छन्। घर पुग्दा रिमरिम साँझ त भइसकेको हुन्छ सधैं।                      

रवि- थाहा छ हाम्रो बाबा जब बेलाबेला घर आउऩुहुन्छ नि, त्यसबेला भन्नुहुन्छ, राम्रो मान्छे हुने लक्ष्य राख् है। सरले अघि क्लासमा।।। डक्टर(इञ्जिनियर पो हुनु भन्नुहुँदैथियो त। अब यै बुझ्दिनँ कि राम्रो मान्ेय हुनु कि डक्टर(इञ्जिनियर हुनुरु लु भन् त।।।
वीर- दुवै नहुनु।
रवि- मतलब ?
वीर- हाम्रो घरछेउको सागरदा क्या त।।।
रवि- अँ, सागरदा।।। दिल्लीमा कल सेण्टर कि कुन्नि के भन्ने काम गर्ने दाजू हैनरु
वीर- सागरदाले अस्ति तिहारमा भन्नुहुँदैथ्यो हामीले भक्कु पैसा कमाउनुपर्छ अरे।
रवि- उसो भए लक्ष्य पनि किसिमकिसिमको हुँदो रैछ हगिरु
वीर- सबै एउटै हो मान्छे, पैसा कमाउनु र ठूलो मान्छे हुनु एउटै त हो नि।
रवि- ठूलो मान्छे अर्कै हुन्छ, राम्रो मान्छे अर्कै।
वीर- एउटै हो एउटै।
-------------
अहिले उनीहरू हिँड्दैछन् मान्छेले हिँडेर खुट्टाको छापले बनिएको रूखहरूबीचको बाटो भएर। भर्खरै मात्र बजारबाट आएर टुङ्गिएको खाल्डैखाल्डा भएको बजारे बाटो छाडेको। रविले मनमनै वीरको कुरा मानिलियो (उसोभए त्यो दुब्ले बाटो बनाएर मोटो पैसा कमाउने नेता मान्छेहरू, इञ्जिनियर मान्छेहरू, ठिकादार मान्छेहरू ठूलो पनि, राम्रो पनि। कति राम्रो। एकैसाथ पैसा, ठूलो र राम्रो।  फेरि एकछिनमै तर मनमनै खण्डन पनि गरिहाल्यो र कुन्नि के सम्झिपठाएको अनुहार पारेर मनमनै भन्यो( सबै ठूलो राम्रो हुन्छ ररु तेरै ठूलो सुकुटे दाजु हामीभन्दा ठूलो हो। तर ड्रग्स खान्छ अरे। उसलाई राम्रो कसैले भन्दैन त। कुन दिन मर्छ साला बजिया भन्छन् मान्छेहरू।  
------------
केही नबोलिएर उकालो चढ्दाको दुवैको स्याँस्याँ आवाजबाट वीरले रविको असहमतिको लख काटिहाल्यो र भनि पनि हाल्यो मनबाहिर रविले सोधिनहालेको प्रश्नको उत्तर(
उसो भने ठूलो मान्छे हुनु, राम्रो मान्छे हुनु र डक्टर(इञ्जिनियर हुनु बेग्ला(बेग्लै लक्ष्य हुन् भन्ने मान्छु, तर पैसा कमाउनु चैं यी लक्ष्यहरूको पनि लक्ष्य होला निरु  
रवि – हुनु पनि पैसा कमाउनेले त पुरै इज्जत पाउँदो रैछ नि है ?
वीर- हेर् न हाम्रो गाउँको बरूणदाजुहरूको कस्तो इज्जत। परइहरू रक्सी बेचेर गाडी किने। सबैले कति मान्छन् उनीहरूलाई।
रवि- हाम्रो बाबा पनि ठूला मान्छे हुन् भन्छन् अरूहरूले, तर पैसा छैन त मेरा बाबासित।

उनीहरूको टुङ्गो नलागेको कुराझैं टुङ्गो नलागेको उनीहरूको रोडे बाटोले उनीहरूलाई घर पुऱ्याउन आज पनि ढीलै गरेको छ। समसाँझ सधैं घर पुगिसकेपछि उनीहरू दुवै नबिसाई घरले दिएको घरका काम गर्छन्। कुखुरा थुन्नु, आँगनबाट भान्साघरको भारमा दाउरा ओसार्नु, धाराबाट गागरीमा पानी ल्याउनु।।। रातिको खाना खाइसकेर स्कूलले दिएको घरको काम गर्दागर्दै चीलले चिङ्ना झम्टेझैं निद्राले उनीहरूको निर्दोष अस्तित्वलाई गाँजिहाल्छ। सखारै आँखा माड्दै घाँस काट्न जाँदा रवि र वीरको दिनको पहिलो भेट हुने गर्छ। 

कुहिरोले डम्म ढाकिएको वल्लो पाखाको कुइनेटो नाघेर रवि(वीर अहिले पल्लो पाखाको कुहिरोभित्र बिलिए । अघिसम्म गाउँको टुप्पोभरि फिलफिलिरहेका टाटेपाङ्रे राजनैतिक झण्डाहरू पनि अहिले धुम्मले धमिल्याएको छ। एउटा थुम्काबाट अर्को, अर्कोबाट अझ अर्को गर्दै गोधुलि साँझ सर्दै-सर्दै आइरहेको छ। बिस्तारै।

Literature: 
Language: