खेलौना होइन, किताब उपहार - गुड रिडर इज दि गुड लिडर - रामचन्द्र तिमोथी

रामचन्द्र तिमोथी एकजना सफल पुस्तक व्यवशायी तथा प्रकाशन उद्यमीका रुपमा परिचित हुनुहुन्छ । उहा“को प्रकाशन संस्था एकता प्रकाशनले स्थापनाको करिब तीन दशक अवधिमा हजारौं पाठ्यपुस्तक, साहित्यिक पुस्तक तथा बालसाहित्य प्रकाशन गरिसकेको छ । हालै मात्र नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको अध्यक्षमा दोस्रो पटक निर्वाचित हुनु भएका तिमोथीस“ग बालसाहित्यको विकासका बारेमा ने.बा.सा.स. समाचारका लागि गरिएको कुराकानी यहा“ प्रस्तुत गरिएको छ ः
हिजोआज नेपाली बालसाहित्यको बजार कस्तो रहेको पाउनु भएको छ ?
पहिले त बालसाहित्यका पुस्तक बिक्री गर्न निकै गाह«ो थियो । १ हजार प्रति बिकाउन पनि ‘पुस सेल’ नै गर्नु पथ्र्यो । तर एक दशक यता आएर बालसाहित्यको बजार निकै राम्रो भएको छ । २ हजार प्रति किताब ५–६ महिनामा सजिलै बिक्छ । कथा, चित्रकथा र जीवनीका पुस्तक राम्ररी बिक्छन् भने कविताका पुस्तक अलि कम बिक्छन् । केही वर्ष यता पुस्तक प्रदर्शनीहरूले पनि बालपुस्तकको बजार फराकिलो भएको छ । रुम टु रिड जस्ता बाल शिक्षाम कार्यरत संस्थाहरूका कारण पनि बालपुस्तक फैलाउन टेवा पुगेको छ ।
तपाईंको एकता प्रकाशनले बालसाहित्य प्रकाशनलाई कत्तिको महत्व दिने गरेको छ ?
हाम्रो प्रकाशनले २०४६ सालदेखि हालसम्म १ सय १६ टाइटलमा बालसाहित्यका पुस्तक प्रकाशित गरेको छ । वर्षेनी हामीले कम्तीमा १० टाइटल बालसाहित्यका पुस्तक प्रकाशन गर्ने योजना बनाएका छौ“ तर प्रत्येक वर्ष यति संख्यामा छाप्न सकेका छैनौ“ । अब चाहि“ हरेक वर्ष १० वटा बालसाहित्यका नया“ पुस्तक छाप्न हामी यथासम्भव प्रयास गर्नेछौ“ ।
लामो समयदेखि प्रकाशन उद्योगमा संलग्न हुनुहुन्छ । नेपालमा पठन संस्कृतिको विकास कसरी भैरहेको पाउनु भएको छ ?
दुई–चार वर्ष यता पठन संस्कारको राम्रो विकास भएको छ । मानिसले किताबको महत्व बुझ्न थालेका छन् । आफ्ना नानीहरूलाई पनि किताब किनिदिने चलन बढेको छ ।
खासमा किताब किन पढ्नु पर्छ ? बताइ दिनुहोस् न ।
तपाईंले सुन्नु भएको होला नि –गुड रिडर इज दि गुड लिडर । अध्ययन बिना केही पनि सम्भव छैन । कोही पनि नपढी ठूला मानिस भएका छैनन् । कसैले पनि किताब पढेन भने उसको सोचाइ सा“घुरो हुन्छ । सा“घुरो सोचाइले जीवनमा प्रगति सम्भव छैन । त्यसैले फुर्सद भयो कि विभिन्न पुस्तक पढेर आनन्द लिन र ज्ञान आर्जन गर्न भुल्नु हु“दैन । घर–घरमा पुस्तकालय हुनु पर्छ । विद्यालय र टोलहरूमा पुस्तकालय हुनु पर्छ । बच्चालाई खेलौना होइन, किताब दिने गरौ“ । जन्मदिन, विवाह, ब्रतबन्ध आदिमा पनि नानथरी उपहार किन्नुभन्दा असल किताब किनेर दिनुमा नै सबैको भलाइ हुन्छ भन्ने मलाई लाग्छ ।
तपाईंले किताबको महत्वबारे धेरै राम्रो कुरा गर्नु भयो । तर इन्टरनेट, मोबाइल, टेलिभिजन, रेडियो आदि इलेक्ट्रोनिक मिडियाको तिब्र विकासले कतै किताब ओझेलमा पर्ने त होइन ?
विज्ञान र प्रबिधिको यो विकास सबै किताबकै कारण भएको हो । किताबको महत्व कहिल्यै घट्नेवाला छैन । बरु विज्ञानको यो विकासलाई किताबको अझ प्रबर्धनमा लगाउन सक्नु पर्छ । इन्टरनेटबाटै नया“ किताबको जानकारी फैलाउनु पर्छ । बजार बिस्तारमा नया“ प्रबिधि अपनाउनु पर्छ । सबै विकासको नेतृत्व गर्ने भनेको किताब नै हो । प्रबिधिको विकासले त किताबलाई झन् सघाउ पुग्छ ।
एकता प्रकाशनले कसरी पुस्तकको बजार बिस्तार गरिरहेको छ त ?
हामीले सुरुमा धेरै दुःख पायौ“ । राजधानी बाहिर सुरक्षा थिएन । यातायातको समस्या थियो । नेपालकै कुनै ठाउ“मा पुग्न भारत भएर जानु पथ्र्यो । यस्तो अवस्थामा किताबका सबै बाकस र लुगाफाटोसमेत लुटिएर नाङ्गै पनि हि“ड्नु प¥यो । किताब भनेपछि मानिस नाक खुम्च्याउ“थे । तर अहिले धेरै राम्रो छ । नेपाल र भारत हु“दै हामीले श्रीलङ्का र थाइल्यान्डमा पनि बजार बिस्तार गरिरहेका छौ“ ।
देश बाहिर पुस्तक पठाउन धेरै कठिनाइ छ भनिन्छ नि ?
सजिलो छैन तर हामी गरिरहेका छौ“ । हामी सरकारले गरेन भन्छौ“ । पुस्तक नीति छैन भन्छौ“ । तर मिलेर हामी गरौ“, असम्भव केही छैन । सरकार भनेको को हो र ? काम गर्ने हामीले हो । एकले अर्काको खुट्टा तान्नेतिर नसोचेर मिलेर गर्ने हो भने धेरै राम्रो गर्न सकिन्छ ।
धेरै लेखकहरू लेखेर के गर्नु , छाप्न गाह«ो छ भन्नुहुन्छ । अनि प्रकाशकहरू छाप्नका लागि राम्रो पुस्तक पाइएन भन्नुहुन्छ । के कारण होला यसमा ?
मैले बेला–बेलामा भन्ने गरको कुरा फेरि भन्नै प¥यो । कुरा अलि तीतो छ । कतिपय लेखक दुई–चार वटा पुस्तक अगाडि राखेर ‘कट’, ‘पेस्ट’ गर्दै छाप्नु प¥यो भनी पाण्डुलिपि
ल्याउ“छन् । कोही सरसरती एकपल्ट आफूलाई लागेको लेख्यो, त्यही छाप्न ल्याउ“छन् । अनि कसरी छाप्ने प्रकाशकले ? राम्रा पाण्डुलिपिको साच्चै हामीलाई अभाव हुन्छ । स्तरीय पाण्डुलिपिलाई हामी सधै“ स्वागत गर्छौं । सिर्जना गर्ने क्षमता र प्रतिभा सबैले पाएका हु“दैनन् । यो साधना र अध्ययनको कुरा पनि हो । मैले सबैलाई यसो भनेको चाहि“ होइन । हाम्रा लेखकले यसलाई आत्मसात गर्नु प¥यो । केही नेपाली लेखक असाध्यै प्रतिभाशाली र क्षमतावान् पनि छन् ।
बजारको दृष्टिकोणले अहिले कस्ता बालसाहित्य पुस्तक लेखिनु आवश्यक देख्नु हुन्छ ?
अब हामीले परम्परागत होइन, अलि फरक दृष्टिकोण राख्नै पर्छ । अबको माग भनेको अलि वैज्ञानिक, साह«ै रहस्यमय पनि होइन, पाठकलाई अलि सोचनीय बनाउने खालको अनि कुतूहल जगाउने खालको बालसाहित्यको राम्रो बजार छ भन्ने मलाई लाग्छ ।
बालबालिकालाई अझ स्तरीय मानसिक खुराक पस्कनाका लागि तपाईंहरूको केही योजना छ कि ?
अबश्य पनि हाम्रा त्यस्ता केही योजनाहरू छन् । जस्तो, नेपालमा बाल सिनेमा अहिलेसम्म बनेको छैन । हामीले दुईवटा त्यस्ता सिनेमा बनाउने योजना पहिलेदेखि बनाएका छौ“, यसलाई अब कार्यान्वयन गर्नेबारे सोचिरहेका छौ“ । नाटक बिधामा ‘गुरुकुल’ जस्तै हामीले पनि बालबालिकालाई पुस्तक पढ्ने र कथावाचन गर्ने रमाइलो ठाउ“ निर्माण गर्न खोजिरहेका छौ“ । हाम्रो एकता पुस्तककै एउटा तला बालसाहित्यका पुस्तकका लागि छुट्याएका छौ“ । त्यहा“ बालबालिकालाई पढ्ने ठाउ“ र कथा वाचन गर्नेबारे पनि विचार गरिरहेका छौ“ ।
नेपाल बालसाहित्य समाजलाई केही सल्लाह–सुझाव दिनु हुन्छ कि ?
नेपाल बालसाहित्य समाज अब सबैले देख्ने डा“डाको बजार जस्तै भएको छ । यो अब शिशु छैन र परिपक्व भैसकेको छ । त्यसैले यसले आमाको भूमिका निर्बाह गरी बालसाहित्यलाई राम्ररी हुर्कने, फैलने वातावरण बनाउनु पर्छ । यसको नेतृत्व सही ढङ्गले अघि बढ्नु पर्छ । यो संस्थाले बालसाहित्य र पुस्तकसम्बन्धि नीति बनाउने, उदाहरणीय र नमुनालायक पुस्तक छाप्ने जस्ता काम गर्नु पर्छ । पठन संस्कृतिको बिस्तारबारे नया“ ढङ्गले सोच्नु पर्छ । संस्था आत्मनिर्भर पनि हुनु पर्छ ।
(यो सामग्री नेस्चिलको न्युजलेटरबाट साभार गरिएको हो ।)

Opinion: