कपडाको पुतली -   by रन्जुश्री पराजुली

ranjushree-parajuli-2017
बालकथा 
   लताकी हजुरआमा कपाडाको पुतली बनाउन  सिपालु थिइन् ।उनले पनि आफ्नी हजुरआमाबाट नै सिकेकी रे ।उनी सानी केटी हुँदा दसौंको बेला लुगा सिउने  काका काकी आफ्नो लुगा सिउने कल लिएर  बिष्टको घरमा नै आउँथे ।उनीहरु त्यही बाँस बसेर काम भ्याउथे । उनीहरुलाइ त्यही भातव,खजा खान दिने अनि काम गरेको ज्याला चाहिँ अन्नबाली दिने  चलन समाजमा ब्याप्त थियो ।लुगा काट्दा निक्लिएको टुक्राटाक्री  चाहिँ उनी जम्मा पारेर,सियो धागोले तुनेर पुतली बनाउन लिन्थिन् कपडाका पुतली भए पनि ती बलिया हुन्थे । तिनलाइ साबन पानीमा धुन हुन्थ्यो।
   लतालाइ पनि हजुरआआमाले कपडाको पुतलीको परिवार नै बनाइदिनु भएको थियो । पुतलीहरुको डसना ,तकिया,सिरक सबै बनाइदिनु भएकोथियो । त्यति मात्र कहाँ होर उहाले कपडाका खरायो, भालु आदि नरम खेलौना पनि बनाइ दिनु भएको थियो। कपडा किन्न जादा  लता पनि सङै जान्थी अनि पसले काका सङ " पुतली बनाउन टुक्रा टाक्री कपडा भए दिनुस्  न है" भन्दथी ।स्कुल पढ्ने नानीले त्यस्तो सीप मुलक काम गर्छु भन्दा खुशी हुँदै " म नानीलाइ कपडा त दिन्छु तर पुतली तयार भए पछि मलाइ देखाउन ल्याउनुपर्छ है त भन्दथ्ये लता खुशी हुँदै ''हस्''  भन्दथी ।
   स्कुलमा पनि उनीहरुलाइ सिलाइ सिकाउन थालेको थियो । उ सियो धागो चलाउन जान्ने भैसकेकी थिइ ।
   पसले काकाले दिएको टालाटुलीले " पुतली बनाउछु ,तपाईं सिकाइ दिनुस् " भन्थी ।नातिनीको  सिलाइ प्रतिको चाख देखेर उनी ' पहिले तिमी होमवर्क सक अनि मात्र " भन्दथिन।
  हजुरआमाले आफ्नो निगरानिमा नातिनी लाई सियो धागोले कपडाको पुतली सिकाउन थालिन् ।त्यो ब्काम त्यति सजिलो नभए पनि लता  काटेर तयार पारिदिएको टुक्राटाक्रीलाइ " यो यसरी हो हजुर आमा ?" भनेर सोध्दै बनाउन थाली ।कति चोटि सियो ले उस्को औला घोच्यो पनि ।तर बिस्तारै  उ सिपालु भै। उस्ले बनाएका ती पुतलीहरुलाई  हजुर आमाले लुगा सिइदिइन।ती पुतली केटा र केटी दुबै थरी थिए। केटी पुतलीलाइ टल्कने सिताराको कानमा झुमक्क र नाकमा फुली पनि लगाइ दिइन ।पुतली आकर्षक  बने । घरमा आउने  पाहुनाले त्यो लताले बनाएकी भनेर पत्याउन  गाह्रो  माने । हजुरआमाले " मैले बनाउन मद्धत मात्र गरेको ,यी सबै उसैले हनाएकी हो " भने पछि  अचम्म मन्दै " आहा ! कस्तो राम्रो ! बजारमा किनेको जस्तै" भन्न थाले। एकदिन खेलौना पसलमा लताले धेरै किसिमका नरम खलौना देखे । त्यस्तो पनि उस्लाइ बनाउन मन लाग्यो । घरमा उस्को पुरानो छोटो भएको बलियो जामा थियो ।मनमै उस्ले * घर गए पछि हजुरआमा त्यही सानो भएको लुगा काटेर नरम च्यापेर  बोक्ने खेलौना भालु  बनाइदिनुस भन्छु * भन्ने सोची।हजुर आमाले पनि उस्ले भन्ने बित्तिकै " हुन्छ" भनिन् ।
ब्न नरम च्याप्ने भालु बनाउनको लागि भित्र खाद्ने कपास या झुत्रा कपडा चाहिने हुनाले उनले आफ्ना पुराना कपाडालाइ कैचिले काटेर टुक्रा बनाएर  त्यही कोचेर बनाइन् ।
 भालु तयार भए पछि लताले आफुले  बनाएका ती खेलौनाहरु कक्ष्या मिसलाइ सोधेर देखाउन लागि  । सबैले * राम्रो " भनेर तारिफ गरे । मिसले चाहिँ" तिमीले बनाएका यी पुतलीहरुमा तिम्रो नाम लेखेर कक्ष्याको दराजमा राख्छु है " भनिन् । लताले खुशी साथ " हुन्छ मिस" भनी।
 
Literature: 
Language: