झिमझिम गर्ने सानी पुतली by Rashmi Ashaphal

rashmi-ashaphal-jpg

कस्ती राम्री झिमझिम गर्ने सानी पुतली
मेरो पनि भए हुन्थ्यो नानी पुतली

मेरा बाबा कहाँ कहाँ आमा कताकता
कसले किनीदेला मलाई ज्ञानी पुतली

सँगै राख्थेँ धेरै धेरै माया पनि गर्थेँ
मेरो मात्रै हुन्थी अनि रानी पुतली

राजा माग्न आए पनि साथसाथै राख्थेँ
काम छैन बिहे गरी जानी पुतली

Literature: 
Language: