सेराफिम्स् स्कुलमा मिनी मेला सम्पन्न

seraphims-mela

काठमाडौं, कालिमाटी, पौष ५ गते ।
समझदारीमार्गमा रहेको सेराफिम्स् पब्लिक स्कुलको आयोजनामा यही पौष ५ गते दिनभरि सेराफिम्स मिनी मेला २०७१ को आयोजना भएको छ । यस मेलामा बालबालिका र युवाहरुका लाई लक्षित गरी रमाइला खेलहरु, कथावाचन, किताब पढौं र बुक क्विज प्रतियोगिता, पुस्तक प्रदर्शनी, हस्तकला प्रदर्शनी, प्रतिभा प्रदर्शन शो (गायन, नृत्य र अभिनय प्रस्तुति) थरीथरीका खानाहरुको स्टल, स्वास्थ्य जाँच लगायत कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

मेलालाई ३ हजार भन्दा बढीले अवलोकन गरेका थिए । बिहान १० बजे सुरु भई ५ बजेसम्म चलेको यस मेलामा केटाकेटी मिडिया बुक क्विज प्रतियोगितामा सहभागी भएकामध्ये २ सय तेतिस जना बालबालिकाहरुले पुरस्कृत भई बालकथाका पुस्तक जितेका थिए ।
काठमाडौं क्षेत्र नं. ९ का सांसद ध्यानगोविन्द रञ्जितको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रम ज्ञानतिर्थ टोलसुधार समिति, कालिमाटी हेल्पिङ हेन्ड र केटाकेटी मिडियासँगको सहकार्यमा सेराफिम्स् पब्लिक स्कुलको आयोजनामा सम्पन्न भएको थियो ।
सम्बन्ध नाम दिइएको यस मेलाले स्थानिय बालबालिका, अभिभावक र समाजका सबैको सम्बन्ध विकासका लागि सहयोग पु¥याएको विद्यालयका प्रिन्सिपल रुद्र अधिकारीले बताउनु भयो । कार्यक्रमको उद्घाटन् बिरुवा रोपेर गरिएकोमा सांसद ध्यान गोविन्द रञ्जितले बालबालिका पनि यस्तै बिरुवा हुन्, यिनलाई राम्ररी हुर्काउन विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ भन्नु भयो ।

Segment: 
Language: