Story

Children Stories

टिकु (बालकथा) रश्मी खागी TIKU Children's Story by Rasmi Khagi

Mar
15
tiku-story-by-rasmi-khagi

जिउभरि टिकटिके बुट्टा भएको एउटा छाउरो थियो उसलाई आमाले माया गरेर टिकु भनेर बोलाउनु हुन्थ्यो टिकु चुप लागेर बस्न सक्दैनथ्यो एकदिन टिकुकी आमा घरमा हुनुहुन्थेन टिकु एक्लै थियो उसले एउटा बिरालोलाई देख्यो बिरालो मस्तसँग घाममा सुतिरहेको थियो

Posted By ketaketionline read more

वेदान्त Children's Story by ललिता ‘दोषी’

Nov
25
lalita-doshi-2018

सात कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे

 कक्षाकै हुल्याहा विद्यार्थी रघुले हकार्दै भने–‘यो बेन्च हाम्रो हो अर्को बेन्चमा गएर बस् ’’

  नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे रघुले फेरि भनेयो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ’’

Posted By ketaketionline read more

कपडाको पुतली -   by रन्जुश्री पराजुली

Jun
11
ranjushree-parajuli-2017

लताकी हजुरआमा कपाडाको पुतली बनाउन  सिपालु थिइन् ।उनले पनि आफ्नी हजुरआमाबाट नै सिकेकी रे ।उनी सानी केटी हुँदा दसौंको बेला लुगा सिउने  काका काकी आफ्नो लुगा सिउने कल लिएर  बिष्टको घरमा नै आउँथे ।उनीहरु त्यही बाँस बसेर काम भ्याउथे । 

Posted By ketaketionline read more

दसैँ - Children's Story by Kartikeya

Oct
08
kartikeya-kartikeya-073

“हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?”
आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । बहिनीको त्यो अबोध अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ । ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ – “नानू हाम्रो बाबा अब चाँडै आउनुहुन्छ । तिमी पिर नगर है !”

Posted By ketaketionline read more

कस्तो बिर्सिएको ?

Jun
07
Neelam Karki Niharika

Story by Neelam Karki 'Niharika'

सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | तिमि आउ है मेरो घरमा केक खान |

Posted By ketaketionline read more

दुइटी आमा

Dec
03
lalita-doshi

– ललिता ‘दोषी’
    कात्तिकको महिना, समय त्यस्तै बिहानको एघार जति बजेको हुँदो हो । अमेरिकी नागरिक लरेन गेटमा उभिरहेकी थिइन् । आठनौ वर्षकी बालिका हातमा सानो प्लास्टिकको झोला बोकेर उनीतिर नै दौडदै आइन् ।

Posted By ketaketionline read more

भगवान् ! के यही हो त बालअधिकार ?

Nov
26
ezina-kc

- प्रतिभा केसी, कुश्मा, पर्वत
‘ए ! राम (राम झल्यास्स व्युझियो )
उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’

Posted By ketaketionline read more

लक्ष्य

Nov
26
raja-puniyani

घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै।

Posted By ketaketionline read more

बार्बी डल by मीना बज्राचार्य

Oct
05
meena bajcharya-ktm

सदिक्षा र क्रिष्मा बार्बी डलसित खेलिरहेका थिए । त्यतिनै बेला सुबिर एक्कासी आएर तिनीहरुको हातबाट बार्बी डल खोसेर लगे । त्यसपछि दुबैजनाले सुबिरलाई लखेटे । तर ऊ घोडाजस्तो तेजले दौड्न सक्ने भएकोले उनीहरुले भेट्टाउन सकेनन् । क्रिष्माको सबभन्दा प्यारो पुतली बार्बी डल नै सुबिरले लिएर भागेकोले क्रिष्मा क्वाँ क्वाँ रोइन् ।

Posted By ketaketionline read more

रमाइलो चाड फागु by रञ्जुश्री पराजुली

Feb
23
fagu-holi-jpg

शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो मिल्ने साथी उमेशसँग आफूहरु यो पर्व कसरी मनाउने” भन्ने सल्लाह गर्न स्कुलबाट आए पछि उसको घर जान्छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Story