दृश्यविहीन बालबालिकाहरुका लागि कथावाचन

story-telling-for-blind-children-2017- ketaketionline

काठमाडौं, माघ २०/ दृश्यविहीन बालबालिकाहरुका लागि एकदिने कथावाचन तथा लेखन कार्यशाला सम्पन्न भयो । कार्यक्रममा १५ जना बालबालिकाहरु सहभागी भएका थिए । दृश्यविहीन शिक्षक रमेश सुवेदी र लेखक कार्तिकेयले कार्यक्रममा कथावाचन गरी सुनाउनु भएको थियो । कथा लेखनबारे छलफल पनि गरिएको थियो । कार्यक्रममा सुन्ने कथाको किताब “छि, कस्तो नराम्रो हिरो” पनि वितरण गरिएको थियो । लेबरोटरी उच्च मावि, कीर्तिपुरमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले कथावाचन गरेर र गीत गाएर आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बालसाहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको यस कार्यक्रममा कविताराम बांगमय कोश र बुकआर्ट नेपालले सघाएका थिए । कार्यक्रममा रचना गरिएका कथाहरुको पुस्तक प्रकाशन गरिने कार्यक्रम संयोजक सुवेदीले बताउनु भएको छ ।

Segment: 
Language: