भगवानको रुप बालकथा सङ्ग्रहकाबारेमा केही कुरा

sushi-book-cover

सुशीला देउजा साहित्य लेखनमा समर्पित हुनुहुन्छ । उहाँका कथा र यात्रा संस्मरण विधाका कृतिहरु प्रकाशित भएका छन् । कथा, लघुकथा र यात्रा संस्मरण लेखनमा समर्पित लेखिका देउजाले अब बालसाहित्य लेख्न पनि शुरु गर्नु भएको छ । यो खुशीको कुरा हो । साहित्य लेखनमा समर्पित लेखकहरुले बालसाहित्य लेख्न शुरु गर्नु नेपाली बालसाहित्यको विकासका लागि सुखद पक्ष हो । यस सुखद अवसरमा हामी सर्जक देउजालाई हार्दिक बधाई दिन चाहन्छौं ।
अब ‘भगवानको रुप’ नामक यस सचित्र बालकथा सङ्ग्रहकाबारेमा केही कुरा गरौं । यो सङ्ग्रहमा पाँचवटा कथाहरु रहेका छन् । सबै कथामा बालबालिकाको जीवनका ससाना घटना र विषयवस्तुलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । हरेक पृष्ठमा कथाको भावानुसारका चित्रहरु पनि समावेश गरिएकोले बाल पाठकहरुका लागि यो कृति अझ बढी रुचिकर हुने कुरामा हामी विश्वस्त छौं । अन्त्यमा हामीलाई विश्वास गरी यस कृति प्रकाशनको अवसर दिनुहुने लेखिका देउजा, यस कृति प्रकाशनमा सघाउनु हुने सबैमा हार्दिक अभार प्रकट गर्दछौं ।
- प्रा.डा. अच्युतमणि आचार्य
संरक्षक, बालसाहित्य प्रतिष्ठान नेपाल

Language: 
Book: