आज युसिमासको वारेमा कुरा गरौं

UCMAS एक आइएसओ ९००१–२००० प्रमाणित बहुराष्ट्रिय कम्पनि हो । यसको स्थापना सन् १९९३ मा मलेशियामा भएको हो । यो प्रणाली विश्वका विकसित ३५ भन्दा बढी राष्ट्रहरूमा सफलतापूर्वक संचालन भइरहेको छ । नेपालमा सन् २००३ देखि युसिमासका कक्षाहरू संचालनमा आएको हो । यसको प्रशिक्षण कक्षा करिब ९ वर्ष पहिले युसिमास नेपालले आफ्नो मुख्य कार्यालयका जम्मा सातजना विद्यार्थीहरूबाट शुरु गरेको थियो ।

हाल देशभरिका करिब ३० वटा केन्द्रहरूबाट ८ हजार भन्दा बढी विद्यार्थीहरूले यस शिक्षाबाट उल्लेखनीय रुपमा आफ्नो क्षमता अभिवृद्धि गरिसकेका छन् । युसिमासको पूरा नाम युनिभर्सल कन्सेप्ट मेन्टल अर्थमेटिक सिस्टम हो ।
५ वर्षदेखि १३ वर्षसम्म उमेरका विद्यार्थीहरुले युसिमासको कक्षा प्रारम्भ गर्न सक्छन् । जसबाट उनीहरूले जोड, घटाउ, गुणन, भाग एवम् दशमलवीय गणनाहरू कुनै उपकरण जस्तै क्यलकुलेटर वा अबाकसको प्रयोग नगरिकन द्रुत गति र सही तरिकाले गर्नसक्छन् । गणितीय सक्षमता युसिमासको एउटा पाटो मात्र हो, झट्ट हेर्दा गणितीय कक्षा जस्तो मात्र देखिने युसिमासको मुख्य अवधारणा भनेको विद्यार्थीहरूको अध्ययनलाई प्रभावकारी एवम् जीवन्तता प्रदान गर्नु हो । विद्यार्थीहरूमा लुकेर रहेको ज्ञानलाई प्रस्फुटन गर्ने, समग्र मानसिक विकास गर्ने, दृश्यावलोकन क्षमता, एकाग्रता, कार्यकुशलता, तार्किकता, कल्पनाशीलता एवम् सिकेको कुरा लामो समयसम्म सम्झन सक्ने शक्तिको विकास गर्ने आदि फाइदाहरू युसिमासको कक्षाबाट प्राप्त गर्न सकिन्छ । प्रत्येक वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा हुने भएकोले विद्यार्थीहरूमा सानै उमेरदेखि स्पर्धात्मक गुणको स्वतः विकास हु“दै जान्छ ।
युसिमास कुनै गणितीय कक्षा वा कोचि¨ सेन्टर होइन, यो पूर्णतः शोध गरिएको एक व्यवहारिक प्रशिक्षण कक्षा मात्र हो । यसमा बेसिक (प्रथम) तहदेखि डिग्री (दशौं) तहसम्म प्रशिक्षण लिनुपर्ने हुन्छ । प्रत्येक तहको प्रशिक्षण अवधि ३ महिनाको हुन्छ । युसिमासको मुख्य अवधारणा भनेको सम्पूर्ण मस्तिष्कको विकास गर्नु हो । यसले विशेषतः मानव मस्तिष्कको दाहिने भागलाई क्रियाशील बनाउ“दछ । मानव शरीरको दुबै मस्तिष्क (देब्रे र दाहिने) को आ–आप्mनै विशेषता छ । देब्रे मस्तिष्कमा रहेका सूचनाहरू छोटो अवधिको लागि मात्र संचित रहन्छ भने दाहिने मस्तिष्कमा रहेका सूचनाहरू लामो अवधिसम्म अवस्थित रहिरहन्छ । यसमा विद्यार्थीहरूले आजभन्दा करिब ५ हजार वर्ष पहिले चीनले निर्माण गरेको अबाकस भन्ने उपकरणबाट गणितीय आधारमा प्रशिक्षण प्राप्त गर्छन् । अबाकसमा रहेको दानाहरूलाई तस्विरको रुपमा ग्रहण गरेर उनीहरू कुनै पनि गणनाहरू गर्न सक्षम हुन्छन् ।
यति मात्र नभई युसिमासका कक्षामा विद्यार्थीहरूले समय व्यवस्थापन गर्ने तरिका, छिटो लेख्न सक्ने क्षमता आदिको विकास कसरी गर्ने भन्ने शिक्षा पनि पाइरहेका हुन्छन् । समग्र रुपमा भन्ने हो भने युसिमासका कक्षाबाट विद्यार्थीहरूले पूर्ण रुपमा व्यवहारिक ज्ञान प्राप्त गरिरहेका हुन्छन् । जसबाट उनीहरूलाई भोलिको दिनमा कुनै पनि प्रतिस्पर्धामा भाग लिनमा टेवा पु¥याइरहेको हुन्छ । युसिमास मेन्टल अर्थमेटिक नेपालको एक शाखा मेघा युसिमास काठमाडौंको मध्य बानेश्वरमा अवस्थित छ । जहा“ विद्यार्थीहरूले उक्त पद्घतिबाट आफ्नो क्षमता अभिवृद्धि गरिरहेका छन् ।

                                                                                                                                                By– उदयकुमार मल्लिक, संचालक, मेघा युसिमास, मध्य–बानेश्वर

Opinion: 
Language: