वी रिड एप्लिकेसन के हो ?

we-read-logo

नेपाल र विश्वभरी रहेका पाठकहरू सामु पुुस्तक, लेखक र प्रकाशकहरूलाई प्रवद्धन गर्नको निम्ती नेपाली बजारमा पहिलो पटक कथालयले वी रिड एप्लिकेसन (विद्युत्तिय पुस्तक मोवाईल एप्लिकेसन) बजारमा ल्याएको छ । यो एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको अंग्रजी, नेपाली तथा अन्य क्षेत्रिय भाषाका (देवनागरी लिपीमा उपलव्ध हुने) पुस्तकहरू रहनेछन् । यो एप्लिकेसन एन्ड्रेएड सिस्टम चल्ने मोवाईल, ट्याव र केहि महिनामा ई–पुस्तकालयको प्रवद्धनको लागी कम्प्युटर र ल्याप्टपमा विषेश संस्करण पनि उपलव्ध हुनेछ ।
नेपालमा पठन संस्कृतिको विकास गर्न गुणस्तरिय वाल पुस्तकको प्रकाशन गर्दै विगत ७ वर्षको अवधीमा यो प्रकाशनले वाल साहित्यका चित्र कथा, छन्द कविता, विश्वकोष लगायतका ११५ भन्दा वढि शिर्षकका पुस्तकहरू प्रकाशन गरिसकेको छ । नेपालमा पठन वानी र संस्कृतिको विकास गर्न कथालय प्रकाशनले सरकारी तथा निजी विद्यालयहरूमा पुस्तकालय तथा पठन गतिविधीका कार्यक्रमहरू तयारी तथा विक्रि वितरण गर्दै आईरहेको छ । कथालयको एउटा अभिन्न अंग वी रिडले युवा तथा पौढ पुस्तालाई केन्द्रविन्दुमा राखेर चर्चित साहित्यिक पुस्तक, उपन्यास, यात्रास्मरण, उत्प्रेरणात्मक, जीवनी आदि विद्याका पुस्तकहरू नेपाली र अंग्रेजी भाषामा प्रकाशन गर्नुको साथै मैथिली तथा नेवारी भाषाहरूमा वाल पुस्तकहरू समेत प्रकाशित गरेकोछ ।
नेपालमा प्रकाशित पुस्तकहरूलाई विश्व बजारमा पुर्याउने चुनौतिको समाधान गर्न र निर्वाधरुपमा विश्व बजारमा पुर्याउनको निम्ती हामिले वी रिड एप्लिकेसन (नेपालको पहिलो ई–वुक एप्लिकेसन) वजारमा ल्याएका हौ । वी रिड एप्लिकेसनको माध्यमवाट विश्व भरि रहेका पाठकहरूले कुनै पनि समयमा पुस्तकहरू पढ्न सक्नेछन् भने नेपालभित्रै पनि दुरदराजमा रहेका पाठकहरूले वजारमा आएको नयाँ तथा पुराना पुस्तकहरू पढ्न सक्नेछन् । बदलिंदो परिवेशमा नेपालमा पनि प्रविधिको विकाससंगै मोवाईल, ट्याव, कम्प्युटर तथा ल्याप्टप जस्ता विद्युत्तिय माध्यमहरूको प्रयोग व्यापक भईरहेको र ईपुस्तकालयको अवधारणाको विकास भई रहेकोले पनि यो वी रिड एप्लिकेसनले सरल रुपमा ई–पुस्तक तथा पाठ्यसामाग्रीको पहुँच वृद्धि गराउन एउटा कोशेढुङ्गा सावित हुन सक्नेछ ।

वी रिड एप्लिकेसनको विशेषताहरू
-    विश्वभरिवाट यो एप्लिकेसन सित्तैमा डाउनलोड गर्न सकिने ।
-    यो एप्लिकेसन एनरोएड सिस्टम चल्ने मोवाईलहरू, ट्यावहरूमा उपलव्ध हुने
-    केहि महिनामा कम्प्युटर र ल्याप्टपमा उपलव्ध हुनेछ ।
-    वजारमा आएका चर्चित पुस्तक तथा नयाँ विमोचन गरिएका पुस्तक तथा पत्र–पत्रिकाहरू
    उपलव्ध हुने ।
-    सरल, सुलभ र सुरक्षित रुपमा विश्वभरि जहाँ कहिवाट पनि खरिद गर्न सकिने ।
-    भुक्तानीकोलागी राष्ट्रिय तथा अन्तराष्ट्रियभुक्तानी द्ववार (एबथmभलत न्भतबधबथ) को प्रयोग
    गर्न सकिने । जस्तै : PayPal, eSewa 
-    आगामी दिनमा वैङ्कको माध्यमवाट पनि खरिद तथा भुक्तानी गर्न सकिन्छ ।
-    सजिलै पढ्न सकिने, अक्षर सानो ठुलो वनाउन मिल्ने, पुस्तक चिनो (द्यययप ःबचप) राख्न
    मिल्ने ।
-    पुस्तकको वारेमा प्रतिकृया दिन सकिने साथै पुर्वालोकन (एचभखष्भधक) पढ्न सकिनेछ ।
-    रात्री तथा दिवा अवस्थामा पढ्नकोलागी लाईट कम वढि गर्न सकिने ।
ड्ड    प्रकाशक तथा लेखकले अनलाईनमा वसेर पुस्तक विक्री, प्रर्वद्धन र वजारिकरण गर्न सकिने ।
-    प्रकाशक तथा लेखक आफैले आफ्नो पुस्तक एप्लिकेसनमा राख्न मिल्ने ।
-    आफ्नो पुस्तकको विक्री कति भयो आफैले अनलाइनवाट हेर्न सकिने ।
-    नेपालको प्रमुख प्रकाशकहरू आवद्ध हुने प्रकृयामा रहेको ।
 वी रिड एप्लिकेसनको वारेमा थप जानकारीकोलागी फोन तथा ईमेल सम्पर्क :
  (९७७) ०१–४२५००७६, ५५४६०४३, ५५३७४०३ वा
   Email: info@kathalaya.com.np, web: ww.weread.com.np

Directory: 
Segment: 
Language: