‘सम्पदा दर्शन’ बारे विद्वानहरु के भन्नुहुन्छ ?

समाचार

आदरणीय लेखक सुशीला देउजाको भर्खरै प्रकाशित बालनियात्राकृति ‘सम्पदा दर्शन’ बारे विद्वानहरुको विचार :

हाम्रा सम्पदाहरुको परिचय र विशेषता थाहा पाउनका लागि हाम्रा भाइबहिनीहरुलाई हाम्रा सम्पदाको ज्ञान दिलाउनका लागि लेखिएका ‘सम्पदा दर्शन’ जस्ता उपयोगी कृतिहरु पढ्ने बानी गर्नुपर्छ ।

सत्यमोहन जोशी, वाङ्मय शताब्दी पुरुष

लेखकले पुस्तकमा काठमाडौँ भित्र र बाहिर रहेका विश्वसम्पदा सूचीमा परेका १० सम्पदाको बारेमा स्पष्ट चित्रण गरेकाले बालबालिकाहरुले यी सम्पदाहरुको जानकारी पाउने छन् । उनीहरुलाई आफ्नै साथीको घुमघामको सन्दर्भ पढेर देशभित्र रहेका अन्य सम्पदाहरुबारे समेत जानकारी लिने प्रेरणा मिल्नेछ ।

डा धनन्जय रेग्मी, कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड

विश्वसम्पदाबारेको यो रोचक बालनियात्रा अत्यन्थ प्रभावकारी र उपयोगी छ ।

हिरण्यकुमारी पाठक, अध्यक्ष, गुन्जन (नारी साहित्य संस्था)

यस कृतिको प्रकाशनले भोलिका जिम्मेवार नागरिकहरुले आजैदेखि आफ्ना देशका सम्पदालाई माया गर्न सिक्ने भए भनेर मलाई पनि असाध्यै खुसी लागेको छ ।

प्रतीक ढकाल, अध्यक्ष, नियात्रा समाज नेपाल

विशिष्ट उद्देश्य बोकेर सिर्जना गरिएको सम्पदा दर्शन बालनियात्राकृतिले नेपाली बालसाहित्यमा आफ्नो विशिष्ट स्थान कायम गर्ने अनि तमाम बालबालिकामा नेपाली संस्कृति र प्रकृतिको महिमा प्रसार गरी विशिष्ट सन्देश प्रवाह गर्ने कुरामा म विश्वस्त बनेको छु ।

डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष, यात्री अनुसन्धान केन्द्र

आमा र छोराले गरेको यस यात्रामा छोराको उत्सुकता शान्त पार्दै उनकी आमाले बताएका सम्बद्ध सम्पदाका तथ्य एवं किंम्बदन्तीहरुको प्रस्तुति नाटकीयता, सरल भाषको प्रयोग, यसका विशेषता हुन् । यो बालनियात्राको संग्रहणीय पुस्तक हो ।

प्रा.डा. ध्रुवकुमार घिमिरे, अध्यक्ष, नेपाल बालसाहित्य समाज

बालनियात्राका कृति लेखिन थालेको २५ वर्ष भए पनि अहिलेसम्म यस विधामा एक दर्जन कृतिसमेत नेपाली भाषमा प्रकाशित नहुनुले हाम्रो लागि अत्यनत दुःखदायी विषय हो । तर, अहिले मेरो देश नेपालप्रति मलाई गर्व छ शृंखलाअनतर्गत सम्पदा दर्शन प्रकाशित भएको देख्दा खुसी लागिरहेको छ । हामीले अन्य देशका बारेमा बढी जान्न खोज्छौँ, त्यो पनि आवश्यक छ । तर त्यसभन्दा पहिले हामीले आफ्नै देशको बारेमा बुझ्न, जान्न र थाहा पाउन आवश्य छ ।

प्रमोद प्रधान, अध्यक्ष, बालवाङ्मय तथा अनुसन्धान केन्द्र

भाइबहिनीहरु, म राम्रो छु, म गर्न सक्छु, म सक्षम छु भनेर जबसम्म तिमीले आफूमाथि विश्वास गर्न सिक्दैनौ तबसम्म तिमीलाई सफलता प्राप्त गर्न गाह्रो हुन्छ । आफूलाई विश्वास गर्न सिक । आफूलाई विश्वास गर्न आफ्नो पुर्खा र आफ्नो जन्मभूमिप्रति गर्व गर्न सक्नुपर्छ । त्यसका लागि सम्पदा दर्शन जस्ता कृतिहरु धेरै भन्दा धेरै पढ्नुपर्छ ।

कार्तिकेय, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *