सेतो छडी – माधव सयपत्री

Featured कथा साहित्य

सडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।
परबाट मेरै उमेरको केटो यतै आउँदै थियो । उसले सस्यानो लौरो टेकेको थियो । मैले सोचेँ, ‘केटाले किन लौरो टेकेको होला !’
मलाई त्यो केटोलाई नजिकबाट हेर्न मन लाग्यो । म उभिरहेँ । उसले कालो चस्मा लगाएको थियो । ऊ एकदमै सुन्दर थियो । हिँड्दा भने लर्खराएर हिँडेको जस्तो लाग्थ्यो ।

आदरणीय लेखक माधव सयपत्री


ऊ बालुवाको थुप्रोमा पछारियो । लौरो उछिट्टिएर पर पुग्यो । कसैले भन्यो, ‘यति सानै उमेरमा यसरी धोक्नुपर्ने ?’
बल्लबल्ल त्यो केटो आपैmँ उठ्यो । सबैले उसलाई गिज्ज्याए । कसैले सहयोग गरेन । लडेर उठ्दा पनि उसको अनुहार हँसिलो थियो ।
म उसलाई नै हेरिहेकी थिएँ । ऊ फेरि लड्यो । अहिले उसको टाउको बिजुलीको पोलमा ठोक्कियो । उसले टाउको सुम्सुम्यायो । दुखे पनि अनुहार उज्ज्यालो थियो ।
म उसको छेउमा गएँ । मैले भनेँ, ‘तपाईंलाई के भयो दाइ ? धेरैचोटि लडिसक्नुभयो । अनि कता हिँड्नुभएको ?’
उसले भन्यो, ‘म तपाईंलाई देख्न सक्दिनँ । म दृष्टिविहीन छु । मेरो आँखाको ज्योति गुमेको केही समय मात्रै भयो । सेतो छडीको सहायताले हिँड्न कोशिस गरिरहेको छु । लड्दा आपैmँ उठ्ने प्रयास गर्दैछु । अनि तपाईं को हो नि ?’
मैले भनेँ, ‘दाइ, मेरो नाम मानसी हो । मेरी आमाले मलाई छाडेर हिँडेको धेरै वर्ष भयो । बाबासँग बसेकी छु । म स्कुल हिँडेकी हुँ । आठ कक्षामा पढ्छु । तपाईं धर्खरिएको देखेर बसेकी । आउनुहोस्, म तपाईंलाई सडक कटाइदिन्छु । मेरो स्कुलमा प्रार्थना समय टरिसक्यो । म आज स्कुल जान्नँ ।’
दाइले भन्नुभयो, ‘मेरो नाम कौशल हो ।’
मैले दाइलाई डो¥याएँ । अनि कौशल दाइले मलाई सोध्नुभयो, ‘तपाईंले मलाई कता लग्न खोजेको बैनी ?’
मैले भनेँ, ‘तपाईंलाई सडक कटाइदिँदै छु । सडक काटेर उः पर पार्कमा गएर बसौँ है दाइ ! तपाईंलाई भेटेपछि मलाई स्कुल जानै मन लागेन । मलाई तपाई आप्mनै दाइजस्तो लाग्यो । मेरो पनि तपाईंजस्तै दाइ हुनुहुन्थ्यो । के मसँग बसेर कुरा गर्न मन छैन तपाईंलाईं ?’
दाइले भन्नुभयो, ‘म तपाईंलाई चिन्दिनँ बैनी ।’
मैले भनेँ, ‘बैनीको गालामा छाम्नुस् त दाइ ।’
दाइले मेरो अनुहार छाम्नुभयो । मायाले सुम्सुम्याउनुभयो । अनि भन्नुभयो, ‘मलाई सडक कटाइदिनुभयो । तपाईंलाई धेरै धन्यवाद ! म अब जान्छु है !’
मैले भनेँ, ‘हैन दाइ जानुहुन्छ ? कसरी जानुहुन्छ ? आज म स्कुल जान्नँ । तपाईंसित बस्छु । तपाईं पनि मसित बस्नुपर्छ । तपाईंलाई जानुपर्ने ठाउँमा म पु¥याइदिउँला ।’
दाइ केही बोल्नुभएन । मैले फेरि सोधेँ, ‘दाइ, तपाईं अब देख्न सक्नुहुन्न ?’
दाइले भन्नुभयो, ‘मेरो आँखाको ज्योति गुमेको एक महिना पनि भएको छैन बैनी । चार वर्षदेखि नै मेरा आँखा धमिला भएका थिए । अस्पताल आउँदा ढिलो भैसकेछ । डाक्टरले भने, ‘अब तिम्रो आँखाको ज्योति फर्काउन सकिन्नँ ।’ डाक्टरको कुराले मलाई छाँगाबाट खसायो ।’
मैले भनेँ, ‘दाइ, तपाईंले भर्खर मात्रै आँखा देख्न छाड्नुभएको मैले थाहा पाएँ । तपाईं छडीले छामेर बिस्तारै पेटीमा हिँडेको देखेँ । बालुवाको सानो थुप्रोमा पनि तपाईं सेतो छडीले छाम्दै हुनुहुन्थ्यो । तपाईं लड्नुभयो । लडेर पनि मुसुमुसु हाँस्दै बिस्तारै हिँड्दै हुनुहुन्थ्यो । तपाईंको टाउको बिजुलीको पोलमा ठोक्कियो । तपाईंले टाउको छाम्नुभयो । तपाईंको अनुहार बिग्रिएको थिएन । सधैँका लागि आँखा गुमाएको मान्छे, यसरी हाँसेर हिँडेको मैले कहिल्यै देखेको थिइनँ । मलाई त अचम्म लागेको थियो । तपाईंलाई पिर लाग्दैन दाइ ?’
दाइले भन्नुभयो, ‘अब पिर गरेर मेरा आँखाको ज्योति फर्केर आउँदैन बैनी । आँखा देख्दा म जति खुसी थिएँ, नदेख्दा पनि उत्तिकै खुसी हुने प्रयास गर्दैछु ।’
मैले भनेँ, ‘दाइ, तपाईंका कुराले मेरो मन छोयो । आज दिनभरि सँगै बसेर कुरा गरौँ न है ! हिँड्नुहोस्, मेरो घर जाऊँ ।’
दाइले भन्नुभयो, ‘मानसी बैनीलाई धेरैधेरै धन्यवाद ! अर्को कुनै दिन जाउँला नि ! मेरी आमा मलाई भात कुरेर बस्नुभएको छ । म नपुगेसम्म उहाँले पनि भात खानुहुन्न ।’
दाइ हिँड्नुभयो । म दाइलाई हेरिबसेँ । चारपाँच पाइला पर जाँदै लड्नुभयो । मानिसको भीडले दाइलाई उठाएन । लत्याएर हिँड्यो । मेरो मन कुँडियो । कुदेर गएँ । दाइलाई उठाएँ । उहाँले मेरो अनुहार छाम्नुभयो । भन्नुभयो, ‘मानसी बैनी, तिमी मेरै पछिपछि आएकी थियौ ? घर किन नफर्केकी ?’
मैले भनेँ, ‘दाइलाई पु¥याएर मात्रै म घर जान्छु । आपूm बसेको घर पत्तो लगाउनुहुन्छ दाइ ?’
दाइले भन्नुभयो, ‘आमाले मलाई एक्लै सडकमा जान दिनुभएको थिएन । म जबर्जस्ती आएको हुँ । मलाई हेरेर आमा सडकमै बस्नुभएको छ । उहाँले बोलाउनुहुन्छ नि !’
म दाइलाई डो¥याउँदै अगि बढेँ । केहीबेरमै आमा भेटिनुभयो । उहाँले सोध्नुभयो, ‘तिमी कसको साथ लागेर आएको बाबु ?’
दाइले भन्नुभयो, ‘यी मानसी बैनी हुन् । म यिनलाई आप्mनै बैनी मान्छु है आमा ! तिहारमा यिनकै हातको टिको लगाउँछु ।’
मैले दाइको आमाको अनुहारमा हेरेँ । आमा एकदमै खुसी हुनुभएको थियो । आमाले बर्बरी आँसु खसाल्नुभयो । भक्कानिएर भन्नुभयो ‘मानसी ! तिमी हाम्री पनि छोरी भयौ । कौशल तिम्रो दाइ भयो । हाम्रो घरमा आउँदै गर्नु है !’
कौशल दाइको आमा मलाई मेरै आमाजस्तो लाग्यो । मैले भनेँ, ‘हस् आमा । कौशल दाइ अब मेरो पनि दाइ हुनुभयो ।’
कौशल दाइ सेतो छडीले यताउता छाम्दै हुनुहुन्थ्यो । म हिँड्न लागेँ । आमाले भन्नुभयो, ‘छोरी, भित्र आऊ । केही खाएर जाऊ ।’
हामी सबैजना घरभित्र पस्यौँ । मैले मेरा सबै कुरा आमा र दाइलाई बताएँ । आमाले बनाउनुभएको मिठोमिठो खाजा खायौँ । स्कुल छुट्टी हुने वेलामा म घरतिर लागेँ । किनकिन म एकदमै खुसी भएकी थिएँ ।

Leave a Reply

Your email address will not be published.