भाइबहिनीहरु, यस पटक अमेरिकी लेखक जुलीले काठमाडौँ सहरको सडकको कुकुरको वेदनाको विषयमा रचना गर्नुभएको कथा ‘साथी’ को अडियो प्रस्तुत गरेका छौँ । दृष्टिविहीन बालबालिकाका लागि तयार गरिएको यस अडियो बुकमा लेखकको आग्रह अनुसार चित्रको वर्णन समेत समावेश गरी तयार गरेका छौँ ।
पशु हितका लागि कार्यरत लेखकको यस कथामा सडकमा रहेका बेसहारा जनावरप्रति मायालु व्यवहार गर्न आव्हान गरिएको छ । यस कथाको सुमधुर वाचन केटाकेटी अनलाइनका उपसम्पादक सरिता अर्यालले गर्नुभएको हो ।