बालबालिकालाई खोप

Featured Highlights ज्ञानविज्ञान तस्बिरको कथा मेरो आवाज स्वास्थ्य

खोप किन लगाउने ?
बच्चा जन्मिएपछि खोप तालिका बमोजिम तोकिएका खोपको सबै र पूरा मात्रा लगाएमा बालबालिकालाई सरुवा रोगहरुसँग लड्ने क्षमता प्राप्त हुन्छ ।
यसरी तोकिएका खोपको पूरा मात्रा लगाएमा यसले बालबालिकामा दीर्घकालीन रुपमा हुन सक्ने विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्दछ ।
राष्ट्रिय खोप कार्यक्रम किन ?
जन्मेदेखि २ वर्ष मुनिका बालबालिकालाई क्षयरोग, रोटाभाईरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (न्यूमोकोकल रोगहरु), भ्यागुते रोग, लहरे खोकी, धनुष्टकार, हेपाटाइटिस बी, हेमोफिलस् इन्फ्लुएन्जा–बी, दादुरा रुवेला, जापानिज ईन्सेफलाइटिस र टाईफाईड जस्ता रोगहरुबाट बचाउन राष्ट्रिय खोप कार्यकम अन्तर्गत सेवा प्रदान गरिदै आइएको छ ।
अर्को पटक खोप लगाउने समय : खोप तालिका अनुसार बालबालिकालाई सबै खोप पूरा मात्रा लगाउनु पर्दछ । खोप कार्डमा लेखिए अनुसार र स्वास्थ्यकर्मीले दिएको परामर्श अनुसार खोपको मात्रा पूरा गर्न फेरि खोप लगाउनु पर्दछ ।

साना बालबालिकालाई आमाको दूध

राष्ट्रिय खोप तालिका यस प्रकार रहेको छ :
१. जन्मने वित्तिकै बि.सी.जी. खोप दायाँ पाखुराको माथिल्लो भाग छाला भित्र लगाइन्छ । यसले क्षयरोग लाग्नबाट बचाउछ ।
२. जन्मेको छ हप्तामा रोटा (पहिलो मात्रा) मुखमा (गालाको भित्री भाग) लगाउने । यसले रोटा भाईरसबाट हुने झाडापखालाबाट बचाउँछ । पोलिया (पहिलो मात्रा) ड्ड मुखमा दुई थोपा खाने । यसले पोलिया रोगबाट बचाउँछ । एफ.आई.पि.भी. (पहिलो मात्रा) बाँया पाखुराको माथिल्लो भाग छालाभित्र लगाउने यसले निमोनियाबाट बचाउँछ । पि.सि.भी. (पहिलो मात्रा) दायाँ तिघ्राको बिच बाहिरी भाग मासुमा लगाउने । यसले न्यूमोकोकल रोगहरुबाट बचाउँछ । डि.पि.टी., हेप बी–हिब (पहिलो मात्रा) बाँया तिघ्राको बिच बाहिरी भाग मासुमा लगाउने । यसले भ्यागुते रोग, लहरे, खोकी, धनुष्टंकार, हेपाटाईटटिस्–बी, हेमोफिलस इन्फ्लुएन्जा–बीबाट बचाउँछ ।
३. जन्मेको १० हप्ताभित्र रोटा (दोस्रो हप्ता), पोलियो (दोस्रो हप्ता), पि.सि.भी. (दोस्रो मात्रा) र डि.पि.टी., हेप बी–हिब (दोस्रो मात्रा) खोप लगाउनुपर्छ ।
४. जन्मेको १४ हप्तामा एफ.आई.पि.भी. (दोस्रो मात्रा, डि.पि.टी, हेप बी–हिब (तेस्रो मात्रा) खोप लगाउनु पर्छ ।
५. जन्मेको ९ महिनामा पि.सि.भी. (तेस्रो मात्रा), दादुरा–रुबेला (पहिलो मात्रा) दायाँ तिघ्राको बिच बाहिरी भाग मासुमा ।
६. जन्मेको १२ महिनामा जापानिज इन्सेफलाइटिस् दायाँ टिघ्राको माथिल्लो बाहिरी भाग छाला र मासु बीच लगाउनु पर्छ । यो खोपले जापानिज इन्सेफलाइटिस्बाट बचाउँछ ।
७. जन्मेको १५ महिनामा दादुरा–रुबेला (दोस्रो मात्रा) र टाईफाईड खोप लगाउनु पर्छ ।
याद राख्नुहोस् गर्भवती महिलाले पहिलो गर्भमा कम्तिमा एक महिनाको अन्तरमा २ पटक टि.डी. खोप लगाउनै पर्छ ।
त्यसैले पूर्ण खोप लगाऔं, बालबालिकालाई रोगहरुबाट सुरक्षित बनाऔं ।
बालबालिकालाई खोप लगाएपछि देखिने असरहरु खोप लगाइसकेपछि हल्का ज्वरो आउने र सुई लगाएको ठाउँमा सुन्निन सक्छ । यो सामान्य अवस्था हो । धेरै ज्वरो आएमा वा सुई लगाएको ठाउँमा संक्रमण भएमा बालबालिकालाई तुरुन्तै नजिकका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी कहाँ लगेर जचाउनु पर्दछ ।
खोप कार्ड ः प्रत्येक महिना सञ्चालन हुने नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा लगि आफ्ना बालबालिकालाई खोप लगाऔं र खोप तालिका बमोजिम सबै खोपको मात्रा पूरा गरौं । बालबालिकालाई एक पटक खोप लगाइसकेपछि अर्को पटक खोप लगाउन आउने मितिबारे स्वास्थ्यकर्मीसँग राम्ररी जानकारी लिने गरौं । खोप कार्ड सुरक्षित राखौं र प्रत्येक पटक बालबालिकालाई खोप लगाउन जाँदा खोप कार्ड लिएर जाऔं । कुनै बच्चालाई खोप लगाउन छुटेको छ भने खोप केन्द्र वा स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।
खोप पाइने ठाउँ : यस कार्यक्रम अन्र्तगत उपलव्ध गराइएका सबै प्रकारका खोपहरु खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईन्छ । खोप सेवा लिए वा दिए वापत कुनै पनि शुल्क तिर्नु पर्दैन ।
(सूचना सामग्रीका लागि आभार : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ ।) फाेटाे : वीवीसी नेपाली सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *