ई–सिगरेट र हुक्काको परिचय र यसले गर्ने असरहरू

Featured ज्ञानविज्ञान स्वास्थ्य

ई–सिगरेट भनेको के हो ?
ई–सिगरेट (e–cigarette) अर्थात ईलेक्ट्रोनिक सिगरेट (electronic cigarette) ब्याट्रीबाट चल्ने
एक प्रकारको धुम्रपान गर्ने उपकरण हो । यसलाई Electronic nicotine delivery systems वा Electronic non–nicotine delivery systems पनि भनिन्छ । प्रायजसो ई–सिगरेटमा निकोटिन हुन्छ । ई–सिगरेट सेवन गर्ने क्रममा यसभित्र राखिएको तरल पदार्थ तातिन्छ अनि धुवाँको रूपमा बाफ (ऐरोसोल) निस्कन्छ र यसैलाई धुम्रपान सेवनकर्ताले सेवन गर्छन् । यस्ता ई–सिगरेटमा निकोटिन, विशेष किसिमका सुगन्ध (flavor), अन्य मिसावट र हानिकारक रसायनहरू हुन्छन जसले स्वास्थ्यमा नकारात्मक असर गर्दछन् । ई–सिगरेटहरू चुरोट, पेन, युयसवी स्टिक (USB stick) जस्ता विभिन्न किसिमका आकार र डिजाइनमा पाइन्छन् ।
हुक्का भनेको के हो ?
हुक्का भनेको पनि एक प्रकारको धुम्रपान गर्ने औजार हो जसमा पानीको पाइपको माध्यमबाट सुर्तीलाई बलिरहेको कोइला ९अजबचअयब०ि ले तातो बनाई धुँवा निकालेर सेवन गरिन्छ । हुक्कामा सुर्तीको पातहरूको धुलो प्रयोग गरिन्छ र यो विभिन्न स्वाद वा सुगन्ध जस्तै स्याउ, पुदिना, चकलेट, नरिवल, खरभुजा आदिमा पाईन्छ । जस्तोसुकै स्वादमा पाइएतापनि यो एक प्रकारको सुर्तीजन्य पदार्थ नै हो । कतै कतै हुक्कालाई सिसा पनि भनिन्छ ।
के ई–सिगरेट र हुक्काको सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ ?
ई–सिगरेट र स्वास्थ्यः
– ई–सिगरेटको सेवन गर्दा निस्कने धुँवामा विभिन्न किसिमका विषाक्त पदार्थहरू हुन्छन् जसको सेवनले सेवन गर्ने व्यक्तिको स्वास्थ्य लगायत सेवन नगर्ने तर नजिकै बसेका अन्य व्यक्तिहरूलाई समेत ठूलो असर पु¥याउँछ ।
यस्ता ई–सिगरेटहरूको प्रयोग प्रायः बालबालिका र किशोरकिशोरीहरूका बीच निकै प्रचलित भएको देखिन्छ । फरक तथा आर्कषक डिजाइन र विभिन्न स्वादमा उपलब्ध हुनु यसको प्रयोगको प्रमुख कारण हो । तर यसमा हुने निकोटिन भन्ने रासायनिक तत्त्वले बालबालिका तथा किशोरकिशोरीहरूको दिमागको विकासमा असर गर्ने भएको हुँदा भविष्यमा उनीहरूको पढाईमा समेत ध्यान केन्द्रित हुँदैन । त्यस्तै उनीहरूमा चिन्ता बढ्ने, डर लाग्ने आदि जस्ता समस्याहरू देखिन सक्छन् । साथै निकोटिनले गर्दा यस्ता सुर्तीजन्य पदार्थको लत बस्दछ । आजभोलि किशोरकिशोरीहरूमा ई–सिगरेटको प्रयोगलाई फेसनको रूपमा लिने र उनीहरूमा यसले गर्ने असरको बारेमा खासै जानकारी भएको देखिंदैन । जसले गर्दा दिनानुदिन स्वास्थ्यमा प्रतिकुल असर पर्दछ ।
– ब्याट्रीबाट चल्ने भएकोले यो उपकरण विस्फोट भएर यसले सेवनकर्ताको ज्यान समेत लिन सक्छ ।
हुक्का र स्वास्थ्यः
ड्ड हुक्का सुर्तीजन्य पदार्थबाट बन्ने भएकोले यसको प्रयोग हानिकारक छ । हुक्काको सेवन गर्दा कोइला वा चारकोलबाट निस्कने धुँवामा हानिकारक तत्वहरू जस्तै क्यान्सर गराउने तत्व ९अबचअष्लयनभल०, धातु तथा कार्वोनमोनोअक्साइड हुन्छन् ।
ड्ड हुक्काको प्रयोगबाट निस्कने धुँवामा विषाक्त तत्वहरू हुन्छन् । जसले मुटु र फोक्सो सम्बन्धी रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर आदि निम्त्याउन सक्छ ।
ड्ड हुक्काबाट निस्कने सुर्तीको तरल पदार्थले मुखको क्यान्सर गराउन सक्छ ।
ड्ड हुक्काको सेवन गर्दा सेवन गर्ने व्यक्तिको स्वास्थ्य लगायत सेवन तर नजिकै बस्ने अन्य व्यक्तिहरूलाई समेत असर गर्दछ ।
ड्ड सुर्तीमा पाइने निकोटिन जस्ता रासायनिक तत्व हुक्कामा पनि पाइन्छ र यसले लत बस्दछ ।
ड्ड गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मँदा कम तौलको जन्मने र त्यस्ता शिशुहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम धुम्रपान नगर्ने आमाको तुलनामा बढी हुन्छ ।
ई–सिगरेट र हुक्काको प्रयोगलाई कसरी नियन्त्रण गर्ने ?
ई–सिगरेट र हुक्का पनि सुर्तीजन्य पदार्थ नै हुन। यसले अन्य सुर्तीजन्य पदार्थहरू जस्तै चुरोट, बीडी, सिगार जत्तिकै स्वास्थ्यमा असर गर्दछ । तर ई–सिगरेट र हुक्काको फरक स्वरूप र स्वादले गर्दा भने मानिसहरू खासगरी किशोरकिशोरीहरूमा आकर्षण बढेको छ । जसले गर्दा उनीहरूको स्वास्थ्य जोखिममा परेको छ । उनीहरूको स्वास्थ्य रक्षाको लागि नेपाल सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ अनुसार होटेल, रेष्टुरेन्ट तथा बारमा ई–सिगरेट र हुक्काको प्रयोग निषेध गरिएको छ । यदि कसैले उक्तकार्य गरेमा नियमानुसार कार्यवाही हुने व्यवस्था छ ।
ई–सिगरेट र हुक्का पनि सुर्तीजन्य पदार्थ नै भएकोले यसको सेवनले स्वास्थ्यमा गम्भिर असर पु¥याउँछन् । त्यसैले ई–सिगरेट र हुक्काको सेवन कहिल्यै नगरौं ।

(स्राेत : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, टेकु, काठमाडाैँ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *