
जीवनदायिनी धर्तीकी देवी, पालनकर्ता,
पृथ्वीजस्ती ममताकी खानी, अमृतभर्ता ।
सृष्टिको मूल स्पन्दन, प्रेमकी निर्झरिणी,
शान्तिका सुगन्धी, कष्टहरूका संहारिणी ।
शरण-छायाँ दिने,
स्पर्शमा आशिष लुकायौ,
वात्सल्यता दिँदै दुःखका आँसुमा सम्हाल्यौ ।
कहिले बन्यौ शीतल
वसन्त झैं कोमलाङ्गिनी
आकाशझैं विशाल हृदय
ऊर्जाकी खानी ।
हे, रक्षाम्बा ! जीवनदायिनी ममताकी खानी !
तिमीविना सुनसान यो
जीवनको कहानी ।
तिमी साक्षात् सृष्टि – प्रेम र प्रकाशकी देवी
हृदयदेखि सच्चा नमन, “आमा” मेरी भेदी ।