भिटामिन ‘ए’ भनेको के हो ?
आँखाको देख्ने शक्तिलाई सधै स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका संक्रामक रोगहरूबाट बचाई राख्न भिटामिन ‘ए’ आवश्यक पर्दछ । यो मानिसको शारीरिक र मानसिक विकासका लागि नभई नहुने तत्व हो । भिटामिन ‘ए’ को कमीले गर्दा नेपालमा प्रतिदिन एकजना बालबालिका अन्धो हुने गरेको कुरा पत्ता
लागेको छ ।
भिटामिन ‘ए’ केबाट पाइन्छ ?
भिटामिन ‘ए; का जम्मा दुईवटा स्रोत छन् : जनावर र वनस्पति ।