बाल्यकालकाे दसैँ

मेरो बाल्यकालको केही अंश बाबाआमासँगै घरमै बसेर बित्यो भने केहि अंश पढाइको सिल्सिलामा छात्रावासमा बित्यो। सानो बेलामा दशैँ पर्व साह्रै रमाइलो लाग्थ्यो। सुनसान गाउँमा शहरबाट फर्किनु भएका आफन्तहरूले गर्दा चहलपहल सुरु हुन्थ्यो। उहाँहरू लामो समयपछि दशैँ मनाउन गाउँमा आउँदा शहरको कोसेली बोकेर हाम्रो घरमा पनि आउनु हुन्थ्यो। शहरको मिठाइ खान पाएपछि त हामी बच्चाहरूको मन फुरुङ्गै हुन्थ्यो। हाम्रा दाजुदिदीहरू मिलेर घटस्थापनाको दिन चौरमा ठूलो पिङ हाल्नु हुन्थ्यो। पिङ हाल्ने बित्तिकै हामी केटाकेटीहरू पिङ खेल्न झुम्मिन्थ्यौँ।

CONTINUE READING

हाम्राे आव्हान : नयाँवर्षमा बालसाहित्यका पुस्तक दान गरौँ

हामीसँग १ हजार बालबालिका सम्पर्कमा छन्, जो बालसाहित्यको पुस्तक पढ्न चाहन्छन् तर किनेर पढ्न सक्दैनन् । आउनुहोस्, यो नयाँ वर्षमा ती बालबालिकालाई पुस्तक दान गरौँ ।हामीसँग नेपाली बालसाहित्यका १ सय भन्दा बढी किताबहरु उपलब्ध छन् । दाता आफैँले भेटेर ती बालबालिकालाई आफ्नो जन्मदिन, आफन्तको जन्मदिन, पितृको सम्झना श्राद्धका दिनमा वा अन्य कुनै विवाह वा अन्य अवसरमा पुस्तक उपहार दिनुहोस् ।

CONTINUE READING

प्रतिभा प्रस्तुतिका झलकहरु

छलफल कार्यक्रमको अन्त्यमा बालबालिकाहरु गायन, कविता वाचन लगायत क्षमता प्रस्तुत गरी प्रतिभा प्रस्तुति कार्यक्रममा सहभागी हुनुभएको थियो । कर्ण सिंह खड्काको आमा कविताको प्रस्तुति र छात्रा मायाको जिन्दगी कविता प्रस्तुति र गायन कार्यक्रममा विशेष प्रस्तुतिको रुपमा रहेको थियो ।

CONTINUE READING

स्थानीय चुनावमा कसलाई भोट दिने होला ?

यस पटक स्थानीय चुनावमा कसलाई भोट दिने होला ?
आज सिर्जनात्मक लेखनको कक्षामा कक्षा ७ का १५ वर्षका किशोरले यो प्रश्न सोधे । म एकछिन चुप लागेँ । फेरि सोचेँ, आज मैले यो कक्षा काेठाका बालबालिका र किशोरकिशोरीको मन्चबाट देशभरिका बालबालिका र किशोरकिशोरीहरुलाई केही कुरा भन्नै पर्छ । त्यसपछि मैले केही कुरा भनेँ । त्यही टिपोट यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेको छु :

CONTINUE READING

बालसाहित्य छलफल समूहमा अग्रजहरुकाे विचार

बालसाहित्यमा स्वैर कल्पना होइन यथार्थ प्रस्तुत गरिनु पर्छ । बालबालिकालाई विश्वासको आधार बनाएर मात्र पत्याउन सकिने कथावस्तुमा बालसाहित्य रचना गर्न सके राम्रो होला भन्ने ठान्दछु ।
– वरिष्ठ आख्यानकार गीताकेशरी

CONTINUE READING

स्कुल बसमा किन कोचिन्छन् विद्यार्थी ?

ऐ चावेल ! चावेल ! ! चावेल ! ! !
यो काठमाडौको र्सार्वजनिक यातायातको साधनको खलासीको आवाज हो । उसले ठाउँ कुठाउँमा एउटा यात्र देख्यो भने पनि जाने हो भन्दै ढङ्ग ठटाएर गाडी रोक्छ र त्यो यात्रुलाई चढाएर हिड्छ ।
उसले यसो किन गर्‍यो होला त ?

CONTINUE READING

अनुराधा कोइरालाको विचार

म अनुशासनमा जोड दिन्छु । अङ्ग्रेजी बोल्नु मात्र ठुलो कुरा होइन । अनुशासित हुने ठुलो कुरा हो । त्यसैले अङ्ग्रेजी बोल्दै कम्तिमा व्यक्तिको उचाई नाप्न हुँदैन । जसले गर्दा बच्चा अनुशासित भयो भने राम्रो हुन्छ र ऊ सबै भाषा बोल्न सक्छ । अहिले देश लथालिङ्ग भइरहेको छ । त्यसैले सबैले अगुवा नेताहरू, समाजसेवी र सबैले अघि सरेर राम्रो काम गर्नुपर्छ ।

CONTINUE READING