कविता लेखन प्रतियोगिता सम्पन्न

एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा मिति २०८३ जेठ २४ र २५ गते दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकार द्वय जिवनाथ अधिकारी र दिनानाथ पोख्रेलले कविता लेखन प्रशिक्षण प्रदान गर्नु भएको थियो।

CONTINUE READING

म अनि म

हरेक बिहान म उठ्थेँ, विद्यालय जान्थेँ, साथीहरूसँग हाँस्थेँ र दिन बिताउँथेँ। बाहिरबाट हेर्दा म अरू सबैजस्तै सामान्य देखिन्थेँ। तर मेरो मनभित्र भने अर्कै संसार थियो। त्यहाँ अर्को “म” बस्थ्यो ।
एउटा म थियो जसले धेरै सपना देख्थ्यो, कविता लेख्न चाहन्थ्यो, कार्यक्रममा भाग लिन चाहन्थ्यो, हात उठाएर उत्तर दिन चाहन्थ्यो ।

CONTINUE READING

म को हुँ

म एक सचेत, जिम्मेवार, मेहनती र अनुशासित विद्यार्थी हुँ । म मेरो देश–समाजको प्रिय सन्तान, विद्यालयको असल विद्यार्थी र समाजको एक जिम्मेवार सदस्य हुँ । मेरो उद्देश्य परिश्रम, विश्वास, अनुशासन र सपना हुन् । म जीवनलाई केवल बिताउने समय नभई केही राम्रो गर्ने अवसरका रूपमा लिन्छु ।

CONTINUE READING

बालसाहित्य एकेडेमी स्थापना हुनुपर्छ : पूर्व राजदूत प्रा.डा. जयराज आचार्य

पन्त स्मृति प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न लेखकलाई सम्मान गर्न आयोजित समारोहका प्रमुख अतिथि विद्वान् व्यक्तित्व पूर्व राजदूत प्रा.डा. जयराज आचार्यले बालसाहित्य ऐकेडेमी स्थापना हुनुपर्छ भन्नुभएको थियाे ।
उक्त समाराेहमा बालसाहित्यमा विशेष योगदानका लागि केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे पुरस्कृत हुनुभएकाे थियाे ।

CONTINUE READING

विभूति दर्पण र साङमो उपन्यास प्रकाशित

आदरणीय लेखक सुशीला देउजाज्यूको उत्कृष्ट बालकृति ‘विभूति दर्पण’ र ‘साङमो’ उपन्यास प्रकाशित भएको छ ।
उहाँ बालकृति लेखनमा मिहिनेती अग्रज लेखक हुनुहुन्छ । सम्पदा दर्शन, भाग १ (विश्वसम्पदा सूचीमा समावेश नेपालका विश्वसम्पदाको भ्रमणमा आधारित बालनियात्रा) को अपार सफलतापछि उहाँको सम्पदा दर्शन, भाग २ (सात प्रदेशका सात सम्पदा), अमेरिका दर्शन (अमेरिका भ्रमणमा रमाएका बालबालिकाहरु) र चारुमतीको रहस्य (बालबालिका माझमा अत्यन्त लोकप्रिय, वरिष्ठ कलाकार अविन श्रेष्ठको उत्कृष्ठ चित्रकलामा सजिएको बालचित्रकथा) अत्यन्त सफल कृतिहरु हुन् । यी कृतिहरुका लागि उहाँले आधा दर्जन बढी बालसाहित्य पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल हुनुभयो ।

CONTINUE READING

उत्कृष्ट कृति TOY GUN AND OTHER STORIES प्रकाशित

आदरणीय लेखक विजय चालिसेज्यूको उत्कृष्ट बालकथाकृति TOY GUN AND OTHER STORIES प्रकाशित भएको छ ।
अग्रज अनुवादक जयन्त शर्माको अनुवाद र आदरणीय प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा प्रकाशित यस कृतिमा २५ वटा बालकथाहरु समावेश छन् ।
यस कृतिको सम्पादनदेखि प्रकाशनको चरणसम्म म आफैँ र विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसेजी पनि संलग्न हुनुभएकाले भन्न सक्छु नेपाली बालसाहित्यमा यो एउटा महत्वपूर्ण कृति हो । अंग्रेजी भाषामा नेपाली बालसाहित्य पढ्न चाहने बालबालिका र पढाउन चाहने विद्यालय परिवार र अभिभावकका लागि म यस कृति सिफारिस गर्दछु ।

CONTINUE READING

इन्टरनेशनल स्कुलमा ‘ट्र्यास टु ट्रेजर’ बजार कार्यक्रम सम्पन्न

इन्टरनेशनल स्कुल,, धुम्बाराही, काठमाडौमा गत पुस ९ गते बुधवार सिर्जनशीलता, उद्यमशीलता र दिगोपनालाई प्रोत्साहन गर्ने विशेष बजार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा अभिभावकको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले फोहोर सामग्रीबाट विभिन्न उपयोगी तथा आकर्षक वस्तुहरू निर्माण गरी बिक्री गरे ।

CONTINUE READING

अस्ट्रेलियन लेखक लुइक डेविसकाे नयाँ बालपुस्तक

नेपालमा बसेर नेपाली किम्बदन्ती र जातक कथामा आधारित नयाँ नाैलाे शैलीमा सुन्दर बालकथाकृति रचना गर्दै आउनुभएका अस्ट्रेलियन लेखक एवम् लिङ्कन स्कुलका शिक्षक लुइक डेविसद्वारा लिखित तेस्रो कृति माचिङ र यती बजारमा आएको छ । कला सिर्जनामा ख्यातिप्राप्त चित्रकार रत्नसागर श्रेष्ठको चित्रकलामा सजिएको यस कृति मंसिर २७ गते शनिवार नेपाली घर होटल, ठमेलमा आयोजित एक समारोमा सार्वजनिक गरिएको छ ।

CONTINUE READING