फिलिपिन्समा आँधी आउँदा एक महिने शिशुलाई यसरी बचाइयो

अन्तर्राष्टिय समाचार


बीबीसी

फिलिपिन्समा बिहीवार आएको एउटा शक्तिशाली समुद्री आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्।

अहिलेसम्म २०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ मानिस घाइते भएका छन्।

उक्त आँधीका कारण ठूलो वेगमा हावाहुरी चलेको र ठूलो पानी परेको थियो।

आँधीका कारण दक्षिणी फिलिपिन्समा सञ्चार तथा विद्युत् आपूर्ति पनि प्रभावित भए।

एउटा बाढीग्रस्त ठाउँमा उद्धारकर्मीहरूले एक महिनाकी एउटी शिशुलाई बाटामा राखेर सुरक्षित ठाउँमा लगेका छन्।

यसरी बचाइयो, हेर्नुहोस् यो भिडिओ। बीबीसीबाट साभार

https://www.bbc.com/nepali/news-59725451

Leave a Reply

Your email address will not be published. Required fields are marked *