नारा (लघुकथा) – विष्णु भण्डारी आचार्य 

‘हाम्रो विद्यालय बालमैत्री विद्यालय हो।’
विद्यालयको भित्तामा अर्को नारा पनि थियो‘बालिकामाथि हुने हिंसा अन्त्य गरौँ ।’
हरेक वर्ष बाल दिवसमा प्रधानाध्यापक यही नारा गर्वका साथ दोहोर्‍याउँथे।
एक दिन कक्षा नाै की रमिला विद्यालय आउँदा गेटमा खटिएका कर्मचारीले उनलाई घुरेर हेर्दै भने, “आज त निकै राम्री देखिएकी छौ !”
रमिला असहज भइन्।

CONTINUE READING

मेरी छोरीलाई तेस्रो जन्म दिवसको शुभकामना पत्र

आमा हुम डुयु लभ द मस्ट ? भनेर तोते बोलीमा सोध्न थालेको पनि २/४ महिना भएछ । म कसरी तिमीलाई मेरो मायाको परिभाषा दिउँ छोरी?  तिमीले केवल अहिले महसुस मात्र गर्न सक्छौं हाम्रो मायालाई ।
 नानी आज तिम्रो तेस्रो जन्मदिन । ओहो, समयले कत्ति चाँडै नेटो काट्यो है ।  बिस्तारै तिमी ठुली हुँदै छौं, हिजोआज गीत गाउने, नाच्ने, साथी बनाउने र बिन्दास भएर खेल्न अनि हाँस्न थालेकी छौं ।

CONTINUE READING

म अनि म

हरेक बिहान म उठ्थेँ, विद्यालय जान्थेँ, साथीहरूसँग हाँस्थेँ र दिन बिताउँथेँ। बाहिरबाट हेर्दा म अरू सबैजस्तै सामान्य देखिन्थेँ। तर मेरो मनभित्र भने अर्कै संसार थियो। त्यहाँ अर्को “म” बस्थ्यो ।
एउटा म थियो जसले धेरै सपना देख्थ्यो, कविता लेख्न चाहन्थ्यो, कार्यक्रममा भाग लिन चाहन्थ्यो, हात उठाएर उत्तर दिन चाहन्थ्यो ।

CONTINUE READING

गाईको वैज्ञानिक महत्व

गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगायत लगभग २४ तत्व हुन्छन् । गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । गाईको दुधले हृदयको रोगबाट बचाउँछ । गाईको दुधले स्मरण शक्ति बढाउँछ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् ।
गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६ सय किलो अक्सिजन निर्माण हुन्छ । गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।

CONTINUE READING

सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा

हाम्रा बालबालिकाले सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा (अडियाे किताब) | कार्तिकेय घिमिरे

CONTINUE READING

प्रा.डा. हेमाङ्ग राज अधिकारीकाे बाल्यकाल

भोजपुर दिङ्गलामा जन्मनुभएका प्रा.डा. हेमाङ्ग राज अधिकारी नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ । नेपाली भाषाको उत्थान र समसामयिक प्रगति र विकासका लागि सक्रिय उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न तहका लागि पाठ्यपुस्तकहरू लेख्नुभएको छ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :

म बालब्रह्मचारी षडानन्द अधिकारीको वंशज हुँ । षडानन्दले विसं १९३२ मा पाठशाला स्थापना गर्नुभएको थियो । त्यो बेला जनस्तरमा पाठशाला थिएन । दरबार हाईस्कुल १९१० मा स्थापना भएको त थियो तर त्यो दरबारभित्रै सीमित थियो । १९४० मा मात्र यो स्कुल सर्वसाधारणका लागि बाहिर आएको हो ।

CONTINUE READING