नारा (लघुकथा) – विष्णु भण्डारी आचार्य 

‘हाम्रो विद्यालय बालमैत्री विद्यालय हो।’
विद्यालयको भित्तामा अर्को नारा पनि थियो‘बालिकामाथि हुने हिंसा अन्त्य गरौँ ।’
हरेक वर्ष बाल दिवसमा प्रधानाध्यापक यही नारा गर्वका साथ दोहोर्‍याउँथे।
एक दिन कक्षा नाै की रमिला विद्यालय आउँदा गेटमा खटिएका कर्मचारीले उनलाई घुरेर हेर्दै भने, “आज त निकै राम्री देखिएकी छौ !”
रमिला असहज भइन्।

CONTINUE READING

म अनि म

हरेक बिहान म उठ्थेँ, विद्यालय जान्थेँ, साथीहरूसँग हाँस्थेँ र दिन बिताउँथेँ। बाहिरबाट हेर्दा म अरू सबैजस्तै सामान्य देखिन्थेँ। तर मेरो मनभित्र भने अर्कै संसार थियो। त्यहाँ अर्को “म” बस्थ्यो ।
एउटा म थियो जसले धेरै सपना देख्थ्यो, कविता लेख्न चाहन्थ्यो, कार्यक्रममा भाग लिन चाहन्थ्यो, हात उठाएर उत्तर दिन चाहन्थ्यो ।

CONTINUE READING

मायालु सुगा (कथा) : ललिता ‘दोषी’

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”

CONTINUE READING

मीठो खाजा (कथा): सरिता अर्याल/ सम्पादक : शान्तदास

विद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो ।

CONTINUE READING

साथी

असारको दिन थियो । विद्यालयमा साथीहरु थिए । बाहिर भने ठूलो पानी परिरहेको थियो । शिक्षकले राम्रोसँग बुझाएर पढाउनुभएको थियो । शिक्षकले गृहकार्य दिँदादिँदै पाले दाइले घण्टी बजाइदिनुभएको थियो । घण्टी बजेपछि विद्यार्थीहरुले झोलाबामा किताब हाल्दै थिए ।

CONTINUE READING

आमाको माया

भरतपुर गाउँमा एउटी विधवा महिला बस्थिन् । उनको नाम यशोदा थियो । उनी गर्भवती भएकी थिइन् । बिहे गरेको वर्ष दिनमै उनको लोग्ने गाडी दुर्घटनामा परी बितिसकेको थियो । यशोदाले ज्याला मजदुरी गरी आफ्नाे पेट पालिरहेकी थिइन् । यसै क्रममा उनको छोरा जन्मियो ।

CONTINUE READING

आकाश धर्तीको विछोड

कुनै जङ्गलमा धर्ती र आकाश नाम गरेका एक जोडी भँगेरा भँगेरी बस्थे । उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे । एक दिनको कुरा हो, जङ्गलमा परी नाम गरेकी भँगेरी कतैबाट बसाईं सरेर आई । उसको सुन्दरता देखेर सबै भँगेराहरू लोभिए ।

CONTINUE READING