समिट साहित्य महोत्सव सम्पन्न

न्यू समिट सेकेन्डरी स्कूलमा आइतबार वार्षिक “समिट साहित्य महोत्सव” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार ललिता शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

CONTINUE READING

चौरमा बसेर पढ्नु पर्ने बाध्यता हट्यो

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

CONTINUE READING

पातमा प्राण – स्नेहलता राई, सिक्किम, भारत

फूलबारीमा डुल्न जाऊ
सुन्दर फूलहरु हेरेर आऊ
गमलामा पानी सधैं हाल
केही दिनमा फक्रन्छ फूल
तर यी सबै पौधाहरुका
तिमीले पात चुडाउँदा
दुख्छ साह्रै उनीहरुलाई ।

CONTINUE READING

­­­­­­काठमाडौं उपत्यकामा कोभिड प्रतिबन्ध हट्यो

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजबाट हटाइएका छन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर – तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै यसअघिका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएका हुन् । पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएकोले आजबाट पूर्ववत् राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन आदेशमा भनिएको छ ।

CONTINUE READING

अमेरिकी सेनाको कारवाहीमा छ सिरियाली बालबालिकासहित कम्तीमा १३ को मृत्यु

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा चार महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन् । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ ।

CONTINUE READING

भद्रपुरमा बन्यो काली मन्दिर

झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिर जस्तै भव्य बनाइएको उहाँले बताउनुभयो । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिक स्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।”

CONTINUE READING

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो ।

CONTINUE READING