चौरमा बसेर पढ्नु पर्ने बाध्यता हट्यो

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

CONTINUE READING

पातमा प्राण – स्नेहलता राई, सिक्किम, भारत

फूलबारीमा डुल्न जाऊ
सुन्दर फूलहरु हेरेर आऊ
गमलामा पानी सधैं हाल
केही दिनमा फक्रन्छ फूल
तर यी सबै पौधाहरुका
तिमीले पात चुडाउँदा
दुख्छ साह्रै उनीहरुलाई ।

CONTINUE READING

­­­­­­काठमाडौं उपत्यकामा कोभिड प्रतिबन्ध हट्यो

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजबाट हटाइएका छन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर – तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै यसअघिका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएका हुन् । पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएकोले आजबाट पूर्ववत् राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन आदेशमा भनिएको छ ।

CONTINUE READING

अमेरिकी सेनाको कारवाहीमा छ सिरियाली बालबालिकासहित कम्तीमा १३ को मृत्यु

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा चार महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन् । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ ।

CONTINUE READING

भद्रपुरमा बन्यो काली मन्दिर

झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिर जस्तै भव्य बनाइएको उहाँले बताउनुभयो । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिक स्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।”

CONTINUE READING

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो ।

CONTINUE READING