मेरो सानो घर छ
सुरक्षाको भर छ
हावाहुरी छेक्दछ
घामपानी रोक्दछ
आकारमा सानो छ
झिंगटीको छानो छ
घर अगाडी पिंढी छ
माथी जाने सींढी छ
स्विच थिच्यो झलल
धारा खोल्यो कलल
कोठा चट्ट मिलेका
उज्यालोले खुलेका
घरसँगै बारी छ
तरकारी घारी छ
सफा अति चिटिक्क
फोटो खिच्याँ खिचिक्क ।

लेखक हरि आत्रेय, सानोठिमी भक्तपुर

