नेशनल प्याब्सन भक्तपुरको सामूहिक लोक नृत्य प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता आज २०८२ भाद्र ६ गते क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भत्केपाटीस्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ। सदस्य विद्यालयका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा सामूहिक लोक नृत्यमा १८ वटा विद्यालयले भाग लिएका थिए।
उक्त प्रतियोगितामा प्रसादी पाठशालाले प्रथम स्थान प्राप्त गरेको थियो भने युनिटी इङ्ग्लिस स्कुल र रिताम्भरा पाठशालाले द्वितीय र तृतीय स्थान हासिल गरेका िथए भने ईडेन गार्डेन इङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेकाे थियाे ।
त्यसैगरी एकल नृत्य प्रतियोगितामा सेन्ट जोन्स इङ्लिस स्कुलले प्रथम स्थान प्राप्त गर्यो भने सेकरिड हार्ट इङ्लिस स्कुले दोस्रो स्थान, युनिटी इङ्लिस स्कुलले तेस्रो र इड्न गार्डेन इङ्लिस स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
विजयी विद्यालयलाई आयोजक विदयालयका प्रिन्सिपल जी.वी. खड्का तथा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।
आफ्नो कला संस्कृतिको माया गर्न विद्यार्थीहरुलाई सानै उमेरदेखि सिकाउनु पर्छ भन्ने मान्यताका साथ आयोजित यो कार्यक्रम नेशनल प्याब्सन भक्तपुरको यस वर्षको तेस्रो कार्यक्रम हो ।








