भक्तपुरमाअन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर । अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता- २०८२ सम्पन्न भएको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन) को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा ईप्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो। विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो नृत्य प्रतियोगिता सामूहिक र एकल गरी दुईवटा छुट्टाछुट्टै विधामा सञ्चालन गरिएको थियो । सामूहिक लोक नृत्य प्रतियोगितामा युनिटी ईङ्गलिस स्कूल प्रथम भएको थियो भने इडेन गार्डेन स्कूलले दोस्रो, सूर्योदय स्कूलले तेस्रो र ग्लोबल एकेडेमी स्कूले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । एकल नृत्य प्रतियोगितातर्फ युनिटी इङ्गलिस स्कूलका दिपशिखा खड्‌का प्रथम भएकी थिइन भने क्वालिटी इङ्गलिस स्कूलका मनिरा तामाङ्ग ले दोस्रो, इडेन गार्डेन स्कूलका कृष्टिना श्रेष्ठ ले तेस्रो र पारिजात विद्याकुन्जका ज्योती खड्‌का चौथो स्थान हासिल गर्न सफल भएका छन् ।

कार्यक्रमका सभापति एवं आयोजक विद्यालय बिमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता आयोजना गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै सफलताको श्रेय निर्णायक, सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई दिनुभयो। कार्यक्रममा विजेताहरुलाई पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष श्शिवराम राउतले बधाई ज्ञापन गनुहुदै यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली लोक तथा संस्कृतिको जगेर्ना गर्ने कुरा समेत व्यक्त गर्नुभयो ।

ईप्सनका अध्यक्ष एवं क्वालिटी इङ्गलिस स्कुलका प्रिन्सिपल जी वी खड्‌काले कार्यक्रम आयोजनाका लागि आयोजक विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै विजेता विद्यार्थी हरूलाई बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा ईप्सन का उपाध्यक्ष तथा सूर्योदय सेकेन्डरी स्कूलका प्रिन्सिपल विजय कर्माचार्य, ईप्सन का सह सचिव तथा ग्लोबल एकेडेमी इङ्गलिस स्कूलका प्रिन्सिपल के. वि ङाखुसी, ईप्सन का सदस्य तथा यूनिटी इङ्गलिस स्कूलका प्रिन्सिपल विपिन गुमान्जु, ईप्सन का सदस्य तथा इडेन गार्डेन इङ्गलिस स्कूलका सह प्रिन्सिपल अनिस राई, ईप्सन का सदस्य तथा नगरकोट सनराइज इङ्गलिस स्कूलका प्रिन्सिपल सूर्य घिसिङ, ईप्सन का सदस्य तथा हिमालायन इङ्गलिस स्कूलका प्रिन्सिपल शिव कुमार कोजू लगाथत विभिन्न स्कूलका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *