ईप्सन फुटसल सम्पन्न

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर मंसिर २१/ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन, भक्पुर) को फुटसल टुर्नामेन्ट २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ मंसिर २१ र २२ गते दुई दिन जगाती आदर्शस्थित हेल्दी फुटसलमा भएको उक्त प्रतियोगितामा सदस्य विद्यालयहरु मध्ये नौं वटा विद्यालयका जुनियर र सिनियर समूह गरी १८ वटा समूह बीच खेलहरु सम्पन्न भएका थिए । लिग चरणमा ७२ वटा खेलहरु खेलाइएका थिए। जसमा जुनियर समूह तर्फ ईडेन गार्डेन इङ्लिस स्कुल- प्रथम, सूर्योदय सेकेण्डरी स्कुल- द्वितीय, सेन्ट जोन्स इङ्लिस स्कुल- तृतीय र विमल मेमोरियल विद्यापिठ- सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
प्रतियाेगितामा युनिटी इङ्लिस स्कुलले फेयर प्ले पुरस्कार, बढी गोल गर्ने खेलाडी पुरस्कार अनिस मगर, इडेन गार्डेन इङ्लिस स्कुल, सर्बोत्कृष्ट गाेलकिपर पुरस्कार अभय धौभडेल, सूर्योदय सेकेण्डरी स्कुल र सर्वाेत्कृष्ष्ट खेलाडी पुरस्कार सिरिस लामा, इडेन गार्डेन इङ्लिस स्कुललाई प्रदान गरिएकाे थियाे ।

त्यस्तै सिनियर समूहतर्फ ग्लोबल इङ्लिस स्कुल प्रथम, ईडेन गार्डेन इङ्लिस स्कुल द्वितीय, युनिटी इङ्लिस स्कुल तृतीय र सूर्योदय सेकेण्डरी स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए । फेयर प्ले पुरस्कार हिमाल एकेडेमीले प्राप्त गरेकाे थियाे ।
बढी गोल गर्ने खेलाडी पुरस्कार रोहित गजमेर, युनिटी इङ्लिस स्कुल, सर्वाेतत्कृष्ट गाेलकिपर पुरस्कार निक श्रेष्ठ, इडेन गार्डेन इङ्लिस स्कुल र सर्वाेत्कृष्ट खेलाडी योमन माक, ग्लोबल एकेडेमी पुरस्कृत हुनुभएकाे थियाे ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, त्रिभुवन आर्मी क्लबका कप्तान तथा साफ खेलकूदका गोल्ड मेडलिस्ट खेलाडी विकेश कुथुले विजेताहरुलाई पुरस्कृत गर्नु भएको थियो। संस्थाका अध्यक्ष जी.बी. खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विजय कर्माचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन सचिव विक्रम थापाले गर्नु भएको थियो। के.बी. ङाखुशीको संयोजकत्वमा फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *