इन्टरनेशनल स्कुल,, धुम्बाराही, काठमाडौमा गत पुस ९ गते बुधवार सिर्जनशीलता, उद्यमशीलता र दिगोपनालाई प्रोत्साहन गर्ने विशेष बजार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा अभिभावकको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले फोहरका रुपमा कवाडमा फालिएका सामग्रीबाट विभिन्न उपयोगी तथा आकर्षक वस्तुहरू निर्माण गरी बिक्री गर्नु भएको थियो । कार्यक्रममा हस्तकला सामग्री, कम्पोस्ट, बिरुवा, तरकारी, फलफूल, विद्यार्थीहरू आफैं लेखकका रुपमा रहनुभएका पुस्तकहरू तथा घरमै तयार गरिएका सामग्रीहरू बिक्रीमा राखिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी बिक्री गर्नु भएको थियो । कार्यक्रममा रहेको खेल क्षेत्र आकर्षणको केन्द्र बनेको थियो । खेल क्षेत्रले कार्यक्रममा थप उत्साह थपेको थियो ।
”यस व्यवहारिक अनुभवमार्फत विद्यार्थीहरूले पैसा कमाउने अवसर मात्र पाएनन्, उनीहरूले लागत मूल्य, बिक्री मूल्य, नाफा र घाटा जस्ता महत्वपूर्ण आर्थिक अवधारणाहरू पनि प्रत्यक्ष रूपमा सिके। यो कार्यक्रम विद्यार्थीहरूको सिर्जनशीलता, जिम्मेवारी र उद्यमशील सोच विकास गर्ने प्रेरणादायी अवसर बनेको छ ।” विद्यालयका संस्थापक/प्रिन्सिपल अनिरुद्र अर्यालले भन्नुभयो ।


