सानी छु म अहिले ठुली हुम्ला कहिले सानो मेरो उमेर सानै छन् यी रहर ।

खै मेरोे अधिकार ?

Featured Highlights कविता मलाई केही भन्नु छ साहित्य

– अनुस्का सापकोटा

कक्षा : ४ ‘ख’, ताराकुञ्ज सेकेण्डरी स्कुल, पोखरा -१३, पाटनबेँसी

सानी छु म अहिले

ठुली हुम्ला कहिले

सानो मेरो उमेर

सानै छन् यी रहर ।

झोला मेरो ठुलो छ

झोलाभित्र काम छन्

बोक्न मैले नसक्ने

किताबका भारी छन् ।।

घन्टी बज्छ छिन्‌ छिन्‌मा

घडी सँगै हिँड्‌नु छ

भुल्न कतै पाउँदिन

छिटो खाजा खानु छ।।

किताबका पाठलाई

बुझ्न मैले भ्याउँदिन

 मैले जान्ने भाषामा

बोल्न मैले पाउँदिन ।।

छिटो घर फर्केर

खाजा खाई पढ्नु छ

फेरि उस्तै दिन भेट्न

भोलि सबेर उठ्नु छ ।।

यस्तै छन् है मेरा यी

रहर हुन् की कहर

पाउने मैले कहिले हो

मेरो बाल अधिकार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *