यौन हिंसा यौन हिंसा नै हो
केही समयअघि तिब्बती धर्मगुरु दलाई लामाले प्रवचन कार्यक्रममा एकजना बालकको जिब्रो चाटे, बालकलाई चुम्बन गरे । गुरुको बानी नै त्यस्तै हो भनेर यस विषयमा केही स्वरहरु पनि सुनिए । तर उनीबाट गलत काम भयो भनेर सबैले आलोचना गरेपछि उनी माफी माग्न बाध्य भए ।
अहिले एकजना कृषिविज्ञ मदन राईले आफ्नो आश्रममा आश्रित बालिकालाई दुर्व्यवहार गरेको घटना बाहिर आएको छ । उनका समर्थकहरु राईको बानी नै यस्तै हो । यो उनले यौन शिक्षा दिनेक्रममा गरेका हुन् भनेर भनिरहेका छन् ।