पियानो बजाउँदै ६ वर्षकी बालिका सिरिन देउजा

सिरिन देउजा छ वर्षकी बालिका हुन् । उनी पियानाे बजाउन सिकिरहेकी छिन् । गुरुले सिकाउनु भएकाे कुरा ध्यान दिएर सुन्ने र अभ्यास गर्ने बानीले गर्दा सिरिनले बिस्तारै पियानाे राम्ररी बजाउन सिक्दैछिन् । उनकाे मिहिनेत देखेर उनकाे गुरु पनि खुसी हुनुभएकाे छ ।
सिरिन भन्छिन्, ‘मलाई पियानो बजाउँदा खुब मजा लाग्छ । त्यसैले म हरेक दिन स्कुलबाट घर आएपछि पियानो बजाउँछु । मैले बजाएको संगीत सुनेर ममी, डेडी, हजुरआमा, हजुरबुवा र मेरी सानी बहिनी दंग पर्नुहुन्छ । मलाई पनि खुसी लाग्छ ।’

CONTINUE READING

विश्वकै कान्छी सम्पादक रोक्साना डाउन्स

अस्ट्रेलियामा १० देखि १२ वर्षका बालबालिकाका लागि लक्षित गरी प्रकाशित गरिदै आइएको सो म्यागेजिनले साना बालबालिकाको रुचिलाई मध्य नजर गर्दै उनीहरुकै उमेरको सम्पादक राख्ने निर्णय गर्‍यो । सानो उमेरको सम्पादकको खोजीका क्रममा विद्यालयमा राम्रो पढ्न र लेख्नमा रुचि भएकी रोक्साना छनौटमा परिन् । उनी सन् २०१७ मा गर्ल म्गागेजिनको सम्पादक बनेकी हुन् ।
रोक्सानाको सम्पादनमा प्रकाशित म्यागेजिनको पहिलो अंक अस्ट्रेलिया र न्युजिल्याण्डमा निकै चर्चित बन्यो ।

CONTINUE READING

सुहाना शाही ठकुरीको कथावाचन

यस पटक हामीले सुहाना शाही ठकुरीको हीरा शीर्षकको कथा प्रस्तुत गरेका छौँ । यो कथा वाचन लेखक सुहाना आफैँले गर्नुभएको हो । सानै उमेरमा सुन्दर कथा सिर्जना गरी सुमधुर वाचन समेत गरेर भिडियो तयार गरी पठाउनुभएकोमा बालप्रतिभा सुहाना, उनको विषय शिक्षक सविना तामाङ र सुदेशा स्कुल परिवारप्रति आभार व्यक्त गर्दछौँ । बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएका यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएको यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । यस्ता सिर्जनशील प्रतिभाहरुको रचना हामीलाई पठाइदिनुहुन अनुरोध गर्दछौँ । हाम्रो इमेल ठेगाना ketaketionline@gmail.com हो ।

CONTINUE READING