विभूति दर्पण र साङमो उपन्यास प्रकाशित

आदरणीय लेखक सुशीला देउजाज्यूको उत्कृष्ट बालकृति ‘विभूति दर्पण’ र ‘साङमो’ उपन्यास प्रकाशित भएको छ ।
उहाँ बालकृति लेखनमा मिहिनेती अग्रज लेखक हुनुहुन्छ । सम्पदा दर्शन, भाग १ (विश्वसम्पदा सूचीमा समावेश नेपालका विश्वसम्पदाको भ्रमणमा आधारित बालनियात्रा) को अपार सफलतापछि उहाँको सम्पदा दर्शन, भाग २ (सात प्रदेशका सात सम्पदा), अमेरिका दर्शन (अमेरिका भ्रमणमा रमाएका बालबालिकाहरु) र चारुमतीको रहस्य (बालबालिका माझमा अत्यन्त लोकप्रिय, वरिष्ठ कलाकार अविन श्रेष्ठको उत्कृष्ठ चित्रकलामा सजिएको बालचित्रकथा) अत्यन्त सफल कृतिहरु हुन् । यी कृतिहरुका लागि उहाँले आधा दर्जन बढी बालसाहित्य पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल हुनुभयो ।

CONTINUE READING

उत्कृष्ट कृति TOY GUN AND OTHER STORIES प्रकाशित

आदरणीय लेखक विजय चालिसेज्यूको उत्कृष्ट बालकथाकृति TOY GUN AND OTHER STORIES प्रकाशित भएको छ ।
अग्रज अनुवादक जयन्त शर्माको अनुवाद र आदरणीय प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा प्रकाशित यस कृतिमा २५ वटा बालकथाहरु समावेश छन् ।
यस कृतिको सम्पादनदेखि प्रकाशनको चरणसम्म म आफैँ र विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसेजी पनि संलग्न हुनुभएकाले भन्न सक्छु नेपाली बालसाहित्यमा यो एउटा महत्वपूर्ण कृति हो । अंग्रेजी भाषामा नेपाली बालसाहित्य पढ्न चाहने बालबालिका र पढाउन चाहने विद्यालय परिवार र अभिभावकका लागि म यस कृति सिफारिस गर्दछु ।

CONTINUE READING

‘क का कि की’ बालगीत युट्युबमा 

धेरैभन्दा धेरै नेपाली जनजीवनका बालगीतहरुकाे अडियो / भिडियो तयार गरी युट्युबमा राख्ने नेपाली बालगीत परियोजनाअन्तर्गत स्वस्तिश्री गुरुकुल आइ.बी.वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको बालगीत ‘क का कि की’ को अडियो / भिडियो रामबाबु सुवेदी अफिसियल युट्युबमा उपलब्ध भएको छ ।

CONTINUE READING

निरञ्जन खत्रीको ‘दसैँ’ बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ

निरञ्जन खत्रीको ‘दसैँ’ किताब नेपाली बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ । यो फरक किसिमको शब्दविहीन किताब हो । यो किताब हाम्रो सांस्कृतिक पर्व दसैँको विषयमा तयार गरिएको छ ।
दसैँसँग सम्बन्धित १५ वटा विषयमा समेटिएको यस किताबमा पाठक बालबालिकालाई आफ्नो दसैँ मनाउँदाको समयको स्मरण गर्दै त्यो समयलाई स्मरण गर्न र त्यो भावमा रमाउन अपिल गर्नु यस किताबको सुन्दर पक्ष हो ।

CONTINUE READING

वरिष्ठ कलाकार हरिवंश आचार्यकाे नयाँ गीत

भाइबहिनहरु, वरिष्ठ कलाकार हरिवंश आचार्य अहिले गीत रचना, संगीत र गायनमा सक्रिय हुनुहुन्छ ।  उहाँले एक पछि अर्को गीत सार्वजनिक गरिरहनुभएकाे छ।  जनचेतनामूलक सृजनालाई सबै दर्शकमाझमा पुर्याउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ।  

‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।

CONTINUE READING

बालसाहित्य लेखक विमला निरौलाको ‘यात्रामा देश’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्य लेखक विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ ।
साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गर्नुभएकाे थियाे ।

CONTINUE READING

सत्यमोहन जोशीको किताब पढेपछि

केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू किताब नेपालको इतिहास र संस्कृतिहरुको बारेमा लेखहरु प्रकाशित गर्ने महान् विद्वान स्व. सत्यमोहन जोशीद्वारा लिखित हो। किताबको प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपाल हो। सत्यमोहन जोशीले हाम्रो देश नेपालको इतिहास र धार्मिक एवम् सांस्कृतिक सम्पदाहरुको बारेमा किताबहरू लेख्नुभएको छ । यो केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नामक किताबमा नेपालका केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको परिचय र तीनका सन्दर्भकथाहरु लेखिएको छ । यस किताबमा ६ धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको बारेमा बताइएको छ । हरेक पाठको जानकारीसाथ समावेश गरिएका किम्बदन्ती कथाहरु रोचक छन् ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलद्वारा प्रकाशित ‘चन्द्रमा’ पत्रिका विमोचित

अमेरिकी लेखक जुली र ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलद्धारा प्रकाशित बालसिर्जना पत्रिका ‘चन्द्रमा’ को विमोचन गर्नुभयो । रिजेन्ट स्कुलमा अध्ययनरत बालबालिकाको रचना समेटिएको यस पत्रिकाकाे यस अङ्कमा बालबालिकाद्वारा रचना गरिएका कथाहरू समावेश गरिएका छन् । ‘चन्द्रमा’ पत्रिकाकाे यो पहिलो अङ्कमा अङ्ग्रेजी खण्डमा ३० जना र नेपाली खण्डमा २३ जना गरी ५३ जना बालबालिकाका ५३ कथाहरू समेटिएका छन् ।

CONTINUE READING

लाै आयो नयाँ बालपत्रिका ‘लालपाते’

भाइबहिनीहरु, बजारमा नयाँ बालपत्रिका आएको छ । यो बालपत्रिकाको नाम लालपाते हो । यस पत्रिकाका प्रधान सम्पादक विमलकृष्ण श्रेष्ठ (आदरणीय कवि विमल निभा) भन्नुहुन्छ, “लालपातेलाई लालुपाते पनि भनिन्छ । यसको नामले नै थाहा हुन्छ, यसमा लाल रङको पात हुन्छ । लाल रङ कसलाई मन पर्दैन ? असलमा ‘लालपाते’ सबैलाई प्यारो लाग्ने लाल रङको फूल हो । त्यसैले हामीले लालपाते अघि ल्याएका हौँ । बालपत्रिका ‘लालपाते’ । ”

CONTINUE READING

बालसाहित्य प्रतिष्ठान नेपालका दुई नयाँ किताब

बालसाहित्य प्रतिष्ठान नेपालबाट लेखक एवम् कलाकार इन्दु पन्तको दुई वटा बालकृति प्रकाशित भएको छ ।
प्रकाशित कृतिहरुमा ‘लिली र बिली’ बालचित्रकथा र ‘मित्रता’ बालकविता सङ्ग्रह रहेका छन् । दुवै कृतिमा समावेश चित्रहरु कलाकार पन्तले नै बनाउनुभएको छ ।

CONTINUE READING