विद्यार्थीका सिर्जनाहरू

विद्यार्थीहरूले गरेका सिर्जनाहरू कहिल्यै नराम्रा हुँदैनन्। उनीहरूको सिर्जनशीलता र क्षमताले सधैं सकारात्मक रूपमा मूल्याङ्कन गरिनु पर्छ। कुनै पनि क्षेत्रमा विद्यार्थीहरूले आफ्नो विचार र कल्पनालाई प्रयोग गरेर तयार गरेका सिर्जनाहरू उनीहरूको बुझाइ र अनुभवको उपज हुन्छन्। यस्तो सिर्जनाहरू उत्कृष्ट हुनका साथै उनीहरूको व्यक्तिगत विकासका लागि पनि महत्त्वपूर्ण हुन्छन् । यो लेखमा, हामी विद्यार्थीका सिर्जनाहरूको महत्त्व, मूल्याङ्कन गर्ने तरिकाहरू, र उनीहरूलाई हतोत्साही नगर्नु पर्ने कारणहरूको चर्चा गर्नेछौं।

CONTINUE READING

आज बालअधिकार, बालदिवस, बालमन्दिर र मुमा रत्नको कुरा गरौँ

भाइबहिनीहरु, तर नेपालमा गणतन्त्र स्थापना हुनुअघि भाद्र ४ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्थ्यो । तात्कालीन् मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह भारत लगायत अन्य विश्वका देशहरुको भ्रमणमा जानुभएको अवसरमा उहाँले ती देशका सरकारको तर्फबाट बालबालिकाका लागि धेरै काम भइरहेको देख्नुभयो । यही कुराबाट प्रभावित भएर उहाँले नेपाल फर्किएपछि नेपालमा असहाय बालबालिकालाई सहयोग गर्न नेपाल बाल संगठन नामक बालहितकारी संस्थाको स्थापना गर्नुभयो । नेपाल बाल संगठन बालमन्दिरको नामले चिनिन्छ । यो संस्थाले अनाथ र असहाय बालबालबालिकाको सेवा र संरक्षणका लागि लामो समयदेखि काम गर्दै आएको छ । यसरी विक्रम सम्बत् २०२१ सालमा त्यतिबेलाकी मुमा बडा महारानी रत्नको संरक्षकत्वमा बालमन्दिरको स्थापना भएपछि मुमा बडा महारानी रत्नकै जन्मदिन भाद्र ४ गतेलाई नेपालमा बालदिवसको रुपमा मनाउन सुरु गरिएको हो ।

CONTINUE READING

बालसाहित्य लेखक बिक्रमभक्त जोशीलाई ५ प्रश्न

अहिले पढ्दैगरेकोमा पहिलो त रस्किन बन्डको आत्मकथा ‘लोन फक्स डान्सिङ’ हो । यसमा उनका बाल्यकालदेखिका अनेक संस्मरणहरु साह्रै मिठासपूर्ण तवरले वर्णन गरिएको छ । सत्र वर्षको कलिलो उमेरमा ‘द रुम अन द रुफ’ नामक किशोर उपन्यास लेखेर पुरस्कृत भएका यी बृटिश मूलका भारतीय लेखकले देहरादून वरपरका क्षेत्रलाई आधार बनाएर लेख्ने गर्छन् । वरिपरिका प्राकृतिक दृश्य र दैनन्दिन क्रियाकलापलाई मिहीन ढङ्गले वर्णन गर्दै लेखिएका उनका किशोरसाहित्यका पुस्तकहरु मलाई औधी मन पर्छन् ।

CONTINUE READING

लेखक रामबाबु सुवेदीको जीवन कथा

लौ सुनौँ म भन्छु मेरो राम कहानी, १८ वर्ष दरबारमा युवराज र युवराज्ञीलाई नेपाली विषय पढाउनुभएका गुरु आदरणीय लेखक रामबाबु सुवेदीको जीवन कथा । केटाकेटी अनलाइनका पत्रकार सरिता अर्यालकाे साथमा ।

CONTINUE READING

प्रश्न सोध्ने बालबालिका नै असल र सफल हुन्छन् : शान्तदास

आदरणीय लेखक शान्तदाससँग बालप्रतिभा नयनले गर्नुभएको कुराकानी । भर्खरै दिवंगत हुनुभएका अग्रज लेखक शान्तदासको यो अन्तर्वार्ता सम्भवत अन्तिम अन्तर्वार्ता हुनसक्छ । लेखक शान्तदासप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना साथ यो कुराकानी प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

बालसाहित्य लेखक सरस्वती श्रेष्ठ ‘सरु’ र बालप्रतिभा आर्या त्रिपाठीको कुराकानी

पोखराको साहित्यिक गतिविधिमा सक्रिय रूपमा सहभागिता जनाउनु हुने सरस्वती श्रेष्ठ ‘सरु’ नेपाली साहित्य जगत्को कुनै नौलो नाम होइन । नेपाली साहित्यका कविता, कथा, लघुकथा, गीत, गजल, मुक्तक आदि विधामा उहाँको कलम प्रखर रूपमा दौडेको छ । लामो कपाल, चिटिक्क परेको सानो कद, मायालु स्वभाव भएकी उहाँलाई प्राय म कार्यक्रमहरूमा भेटिरहन्छु । बालसाहित्यमा उहाँले चाल्नुभएको कदम अझ मेरो लागि खुसीको विषय बनेको छ ।

CONTINUE READING

लेखक गोपाल पराजुलीसँग सरिता अर्यालको कुराकानी

यस पटक हामीले लेखक गोपाल पराजुलीसँग सरिता अर्यालको गर्नुभएको कुराकानी प्रस्तुत गरेका छौँ । नेपाली बालसाहित्यमा जीवनी विधामा कलम चलाउने अग्रज लेखक पराजुलीले दुई सयभन्दा बढी व्यक्तित्वहरुको जीवनी लेख्नुभएको छ । उहाँ जीवनी लेखनमा एक जना सुपरिचित लेखक हुनुहुन्छ ।

CONTINUE READING

बालसाहित्य लेखक रामबाबु सुवेदी र बालप्रतिभा साेइना दाहालको कुराकानी

‘आइतबार विहानै…’, ‘मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म…’, ‘हिमालमा हिउँ तराइमा तोरी नेपालका हामी प्यारा छोराछोरी…’ आदि जस्ता चर्चित गीत मैले सानैदेखि सुनेकी थिएँ । ती गीत सुन्दा मेरा मनमा यति मिठा गीत कसले लेख्नुभएको होला भन्ने जिज्ञासा जाग्रित भएको थियो । यति राम्रा गीत रामबाबु सुवेदीले लेख्नुभएको हो भन्ने कुरा मैले अलिपछि मात्र थाहा     पाएँ । त्यसपछि उहाँलाई भेट्ने र कुराकानी गर्ने इच्छा जाग्यो । त्यो इच्छा २०८० असार २४ गते आइतबारका दिन पूरा भयो । यही भेटघाटमा मैले रामबाबु सुवेदीसँग मिठा मिठा कुरा गर्न पाएँ । यो वातावरण मिलाइदिनुहुने केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे र अमूल्य समय तथा ज्ञान दिनुहुने रामबाबु सुवेदीलाई धेरै धेरै धन्यवाद !

CONTINUE READING

प्रखर बालप्रतिभा विभूती अधिकारी भन्नुहुन्छ …

मेरो नाम विभूति अधिकारी हो । म कक्षा ११ मा विज्ञान विषय लिएर एम्बिसन एकेडेमी, नयाँ बानेश्वरमा पढ्दै छु। मेरो बाबाको नाम रामप्रसाद उपाध्याय अधिकारी हो भने मामुको नाम गायत्री कुमारी भट्टराई हो । मेरो जन्म २०६३ साउन ५ गते फाकफोकथुम, इलाममा भएको हो । म अहिले वरिष्ठ उपाध्यायको रूपमा नवसर्जक साहित्य चौतारी नेपालमा आबद्ध छु । मेरो अद्भुत इन्द्रेनी (खण्डकाव्य-२०७७) प्रकाशित छ ।

CONTINUE READING