क्वालिटीको आयोजनामा नेशनल प्याब्सनकाे नृत्य प्रतियोगिता सम्पन्न
नेशनल प्याब्सन भक्तपुरको सामूहिक लोक नृत्य प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता आज २०८२ भाद्र ६ गते क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भत्केपाटीस्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ। सदस्य विद्यालयका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा सामूहिक लोक नृत्यमा १८ वटा विद्यालयले भाग लिएका थिए।
उक्त प्रतियोगितामा प्रसादी पाठशालाले प्रथम स्थान प्राप्त गरेको थियो भने युनिटी इङ्ग्लिस स्कुल र रिताम्भरा पाठशालाले द्वितीय र तृतीय स्थान हासिल गरेका िथए भने ईडेन गार्डेन इङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेकाे थियाे ।
CONTINUE READING