बालसाहित्य महोत्सवमा लेखकसँग भेटघाट

समाचार

रातो बंगला किताबले अनलाइनमा आयोजना गरेको बालसाहित्य महोत्सवको पहिलो दिन आज लेखकसँग भेटघाट कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखक शास्वत पराजुली र कार्तिकेय घिमिरेसँग बालबालिकाहरुले छलफल गर्नुभएको छ ।

लेखक भेटघाट कार्यक्रममा बालसाहित्य लेखन र सम्पादनका क्षेत्रमा विगत तिन दशकदेखि सक्रिय वरिष्ठ लेखक सम्पादक शास्वत पराजुलीले सिंहपता मैजुको कथा र ज्ञानी कि उल्लु शीर्षकका आफ्ना दुई बालकथा पनि वाचन गरेर सुनाउनु भएको थियो । लेखकको आकर्षक वाचनमा रमाइला कथाहरु सुनेर बालबालिकाहरु रमाएका थिए ।

साथै लेखक कार्तिकेयले हिउँ भालुको जिउ र नयाँ पाहुना शीर्षकका आफ्ना दुई बालकथाहरु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ लेखक शास्वत पराजुली र कार्तिकेय घिमिरेलाई बालबालिकाहरुले कसरी लेखक बन्नुभयो, मनपर्ने लेखक कोहो, कथा कसरी लेख्ने, आफ्नो मनपर्ने किताब कुन हो, लगायत विविध प्रश्नहरु गर्नुभएको थियो । लेखकद्घयले आफ्नो लेखन यात्राबारे बालबालिकाहरुसँग रमाउँदै कुराकानी गर्नुभएको थियो । रातो बंगला स्कुलकी शिक्षिका एवम् लेखक सुधा ओझा र शिक्षिका रश्मी शर्माले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । २७ फरबरीसम्म संचालन हुने साताव्यापी यस महोत्सवको संयोजन रातो बंगला किताबका प्रमुख मोनिता गुरुङले गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *