इप्सनको आयोजनामा राष्ट्रिय गीत गायन प्रतियोगिता

राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर

भक्तपुरको संस्थागत विद्यालयहरुको संगठन इप्सनले राष्ट्रिय गीत गायन प्रतियोगिता आयोजना गरेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका  वडा नं. ६ नगरकोट फेदीको क्वालिटी सेकेन्डरी स्कुलको समन्वयमा राष्ट्रिय गीत गायन प्रतियोगिता सम्पन्न भएको हो।

विद्यार्थी तथा नयाँ पुस्तामाझमा राष्ट्रिय भावना विकासमा सहयोग पुर्याउँनका लागि सो प्रतियोगिता आयोजना गरिएको क्वालिटी सेकेण्डरी स्कुलका प्रिन्सिपल जी.बी. खड्काले बताउनुभएको छ ।

‘नयाँ पुस्तामा देशप्रतिको प्रेम घट्दो छ र पढाइ सकाएर विदेश जाने प्रवृत्ति बढ्दो  छ । त्यही भएर हामीले विद्यार्थीमा देशप्रेमको भावना जागृत गराउनका लागि यो गायन प्रतियोगिता आयोजना गरेका हौं।’ प्रिन्सिपल खड्काले भन्नुभयो ।

१० वटा  विद्यालयको सहभागिता रहेको प्रतियोगतामा भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित इडेन गार्डेन स्कुलकी स्वर्णिम कार्की प्रथम, सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलस्थित ग्लोबल एकेडेमीकी प्रतीका बस्नेत द्वितीय, गुण्डुको हिमाल एकेडमीका अमुघ थापा तृतीय र भक्तपुर नगरपालिका हनुमानघाटस्थित सूर्योदय माविकी सकिरा प्रजापती सान्तवना भई पुरस्कृत भए ।

गायन प्रतियोगितामा भक्तपुर सांगितिक समाजका प्रतिनीधिहरुले निर्णायकको भूमिका निर्वाह गरेका थिए। उनीहरुलाई एक समारोहबीच पुरस्कृत समेत गरिएको छ। सोही अवसरमा इप्सन भक्तपुरले गत साउनमा भर्चुअल रुपमा गरेको वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कृत गरिएको छ।

वक्तृत्वकला प्रतियोगितामा इडेन गार्डेन स्कुलकी सुप्रिया श्रेष्ठ प्रथम, एडिना गुरुङ द्वितीय र क्वालिटी स्कुलकी अमिता कार्की तृतीय र आयुषा नेपाल सान्त्वना भएका थिए ।

तस्बिर : प्रिन्सिपल जी.बी. खड्काको फेसबुकबाट साभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *