- सत्यम सापकोटा
अबुझ बालक थिएँ बुबा आई उठाउनुहुन्थ्यो,
मलाई काधँमा बोकी बजार लग्नुहुन्थ्यो,
लाग्थ्यो बाको कधँमा बस्ने राजा मै हुँ
समय बित्दै गयो
म ठुलो हुँदै गएँ
बुबा बृध्दावस्थामा पुग्नु भयो ,
अझै याद आइरहन्छ बालापनका पलहरु
समय बद्लियो, म अब बुबालाई उठाउन सक्ने भएँ ,
सधैँ बिहान बुबालाई
ए बा उठ्नु भन्थें
उहाँ उठ्नुहुन्थ्यो
मलाई देखी खुशी हुनुहुन्थ्यो
बुबाको त्यो कालो चिल्लो कपाल हिउँझै सेतो भयो,
निकै बुढो र शक्तिहीन हुनुभयो बा
तर पनि ए बा उठ्नु न भन्दा बा सधैँ उठ्नुहुन्थ्यो
एकदिन गएँ म यसरी नै बुबालाई उठाउन,
त्यो दिन झमझम पानी परिरहेको थियो,
काला बादलले निलो आकाश ढप्प ढाकेको,
मैले ए बा उठ्नु न भनेर बोलाएँ
तर बा उठ्नु भएन
मेरो मुखको रङ उड्यो म रुन थालेँ,
त्यो दिन पछि बा कहिले उठ्नुभएन् ।
त्यो दिन पछि बुबा कहिले उठ्नुभएन् ।
Love From Kailash Sir ????????
❤️