क्वालिटीको आयोजनामा नेशनल प्याब्सनकाे नृत्य प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन भक्तपुरको सामूहिक लोक नृत्य प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता आज २०८२ भाद्र ६ गते क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भत्केपाटीस्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ। सदस्य विद्यालयका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा सामूहिक लोक नृत्यमा १८ वटा विद्यालयले भाग लिएका थिए।

उक्त प्रतियोगितामा प्रसादी पाठशालाले प्रथम स्थान प्राप्त गरेको थियो भने युनिटी इङ्ग्लिस स्कुल र रिताम्भरा पाठशालाले द्वितीय र तृतीय स्थान हासिल गरेका िथए भने ईडेन गार्डेन इङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेकाे थियाे ।

CONTINUE READING

प्याब्सन बालकथा सिर्जना कार्यशाला तथा बालकथा संग्रह प्रकाशन २०८२ कार्यक्रम सुरु

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति भक्तपुरको तालिम उपसमितिले आयोजना गरेको प्याब्सन बालकथा सिर्जना कार्यशाला तथा बालकथा संग्रह प्रकाशन २०८२ कार्यक्रमको सुरुवात आज प्याब्सन बालकथा सिर्जना कार्यशालाबाट भएको छ । कार्यक्रमलाई उदघाटन गर्नहुँदै जिल्ला कार्यसमिति अध्यक्ष राजन कसपालले प्याब्सनले विभिन्न उपसमितिहरूबाट धेरै किसिमका विद्यार्थी केन्द्रित कार्यक्रमहरू आजोजना गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरुमा सिर्जनशीलताको विकासको लागि बालकथा सिर्जना कार्यशाला आयोजना गरिएको बताउनु भयो ।

CONTINUE READING

ईप्सन वादविवादमा क्वालिटी र युनिटी विजयी

एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को दोस्रो प्रतियोगितात्मक कार्यक्रम वादविवाद प्रतियोगिता आज २०८२ श्रावण २२ गते विहीवारका दिन सदस्य विद्यालय ईडेन ईङ्ग्लिस स्कुलको आयोजनामा सम्पन्न भयो । छात्रहरुका लागि ‘शिक्षाको उदेश्य अंक होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराईएको वादविवाद कार्यक्रममा साहित्यकार चन्द्र प्रसाद न्यौपाने तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो।

CONTINUE READING

ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा सूर्योदय प्रथम

एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल, ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि मिति २०८२ श्रावण १४ गते विहिवारका दिन अन्तर विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ। सदस्य विद्यालय बिमल मेमोरियल बिद्दापिठको कार्यक्रम हलमा सम्पन्न उक्त कार्यक्रममा १० वटा सदस्य विद्यालयले सहभागिता जनाएका थिए ।

CONTINUE READING

वरिष्ठ बालसाहित्य लेखक विजय चालिसे

१२ वर्षको उमेरदेखि लेखन सुरु गर्नुभएका विजय चालिसे नेपाली बालसाहित्यका वरिष्ठ लेखक, अनुवादक र सम्पादक हुनुहुन्थ्यो । नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा पनि उहाँको विशेष योगदान रहेको देखिन्छ ।
नेपाली साहित्यका कालजयी लेखक रमेश विकलका सुपुत्र विजय चालिसेको माताजीको नाम सुशीला चालिसे हो ।
तीन दर्जनभन्दा बढी बालसाहित्य कृतिहरु प्रकाशित गरेका लेखक चालिसेले एक अन्तर्वार्ताका क्रममा केटाकेटी अनलाइन बालपत्रिकालाई भन्नुभएको छ, बालबालिकालाई वैज्ञानिक चेतना र सामाजिक रुपान्तरणको साहित्य दिनुपर्छ भन्ने मलाई लाग्दछ ।

CONTINUE READING

Renowned author of Children’s Literature, Vijaya Chalise

Prominent writer, translator and editor Vijaya Chalise started writing at the age of twelve. He has made an eminent contribution to Nepali Literature and Journalism. He was born to Shushila Chalise and Ramesh Bikal, the classic author in Nepali Literature.

Vijaya Chalise, who has published more than three dozen Children’s literary arts, said in an interview with Ketaketi Online Children Magazine “One should give children the literature based on scientific awareness and social transformation. I have best focused on these topics in my writing.

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार हुँदै

ललितपुरको रिजेन्ट रेसिडेन्सियल स्कुलले नयाँ शैक्षिक सत्र २०८२–२०८३ को पूर्वसन्ध्यामा ‘प्रथम अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम–२०८२’ आयोजना गर्ने भएको छ। विद्यालयले प्रत्येक शैक्षिक सत्रको थालनीमा आयोजना गर्दै आएको यो कार्यक्रम आउँदो शुक्रबार हुने जनाएको छ। विद्यालयद्वारा जारी सूचना अनुसार, कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरूलाई विद्यालयको शैक्षिक दृष्टिकोण, विगत वर्षको प्रगति विवरण र आगामी योजनाहरूबारे विस्तृत जानकारी गराउनु हो।

CONTINUE READING

क्वालिटी स्कुलमा सिर्जनात्मक लेखन तालिम कार्यक्रम सम्पन्न

क्वालिटी अङ्ग्रेजी स्कुल, नगरकोटफेदी, भक्तपुरमा एकदिने सिर्जनात्मक लेखन तालिम तथा वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कथा लेखन तथा वाचनका लागि बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष लेखक कार्तिकेय घिमिरे र बालकविता लेखन तथा वाचनका लागि कवि देवु लुइटेलले प्रशिक्षण दिनुभएको थियो । विश्व पुस्तक दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत ७५ जना बालबालिकाहरुले भाग लिनुभएको थियो ।

CONTINUE READING

अन्तर्राष्ट्रिय शान्तिवक्ता प्रेम रावत भक्तपुरमा

अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा हजारौँ श्रोतालाई सम्बोधन गर्नुभएको छ ।

   ११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रूपन्देही र भक्तपुरमा गरी दुईओटा कार्यक्रमलाई सम्बोधन गर्नुभयो । वैशाख ६ गते रूपन्देहीको सैनामैनामा भएको कार्यक्रममा १ लाख बढी श्रोतालाई सम्बोधन गर्नुभयो भने आज भक्तपुरमा भएको कार्यक्रममा उहाँलाई झन्डै ४० हजारले सुनेका छन् ।

CONTINUE READING