मेरी छोरी मान्या (अडियाे बालकथा): इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
यस अडियाे बालकथा वाचन सरिता अर्यालले गर्नु भएकाे हाे ।
CONTINUE READINGयस अडियाे बालकथा वाचन सरिता अर्यालले गर्नु भएकाे हाे ।
CONTINUE READINGहिलारी सन् १९४७ अक्टोबर २६ का दिन संयुक्त राज्य अमेरिकाको सिकागोस्थित एलिनोयको एउटा अस्पतालमा जन्मिएकी हुन् । उनी आमा डोरोथी र बाबु हग ई. रोधामको प्रथम सन्तान हुन् । उनलाई आफ्ना बाबुआमाले एलिनोयको आफ्नो घरमा पालनपोषण गरे ।
CONTINUE READINGजून प्यारो आकाशलाई, आकाश प्यारो जूनलाई,
धन्य भन्छौ हामी सबै, बालमन्दिरको गुणलाई ।
तिम्रो साथ पाए लाग्छ फूल बनी फुल्छौँ,
तिम्रो काख पाए लाग्छ, भाग्यमानी हुन्छौँ ।
सुख दुख जे परे नि शिखरतिरै लम्कौँ
नेपाल प्यारो र पवित्र देश
CONTINUE READINGभो अब शान्ति फैलाइदेऊ
लौ अब अशान्ति हटाइदेऊ
धेरै लड्यौ एक अर्कामा
अब त हात मिलाइदेऊ
बुद्घ तिमी कहाँ छौ भन
हामी सबै तिमीलाई खोजिरहेका छौँ
कलिला छौँ बालक हामी
हातमा बन्दुक बोकिरहेका छौँ
आदरणीय लेखक रामकाजी कोनेको रमाइलो बाल्यकाल । उहाँ मुक्तक लेखनमा स्थापित लेखक लेख्नुहुन्छ। नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्षा अग्रज लेखक काेनेको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत कार्तिकेय ट्रस्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहयोगमा तयार गरिएको हो ।
यस किताबमा समावेश बाल्यकालीन सम्झनाहरु ‘मेरो बाल्यकाल’ को सुमधुर वाचन प्रतिभाशाली युवा सरिता अर्यालले गर्नुभएको हो । उहाँ स्वयं दृष्टिविहीन हुनुहुन्छ ।
बेताली गाउँका कमिलाहरु रमाइरहेका थिए । उनीहरु आफूहरु सबैले तानेर ल्याएको मोटो कीरो खानमा मस्त थिए ।
CONTINUE READINGभाइबहिनीहरु, आज हामीले आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको रमाइलो अनुभव लिएर आएका छौँ ।
नियात्रा लेखनमा स्थापित लेखक देउजाका १३ वटा कृति प्रकाशित छन् । उहाँको पछिल्लो कृति सम्पदा दर्शन (बालनियात्रा संग्रह) हो । यस कृति पढेर नेपालको गौरव सम्पदाबारे ज्ञान आर्जन गर्न सकिने र किताब पढ्दै नेपालका सम्पदा क्षेत्रहरु घुमेको झैँ रोचक आनन्द पनि लिन पाइने भएकाले सम्पदा दर्शन कृति सबै बालबालिकाले एकपटक पढ्नै पर्ने कृति हो ।
आज यही उत्कृष्ट कृति सम्पदा दर्शनका आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको सम्झना लिएर आएका छौँ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
साधारणतया प्रत्येक मानिसको जन्म एक सुखद सुरुवात हो। कुनै पनि परिवारमा कसैको जन्मले सदस्यको सङ्ख्या मात्र बढाउँदैन परिवारमा उत्सव एवं खुसियाली पनि सँगै लिएर आउँछ। तर जन्मजात परिवारका निम्ति खुसि लिएर आउन पाउने सुअवसर सबैलाई नमिल्दो रहेछ। म जस्ता कोही त समाजले छुट्याएको अभागि र अलछिनाको वर्गमा पनि पर्दा रहेछन् । जसको जन्मले परिवारमा हाँसोको सट्टा आँसु साथमा लिएर आएको हुन्छ।
CONTINUE READINGसडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।
CONTINUE READING