मेरा रहरहरू
सानो सानो उमेर
सानै छन् यी रहर
फिँजाई मनका पखेटा
कोर्न मन छ गोरेटा ।
सानो सानो उमेर
सानै छन् यी रहर
फिँजाई मनका पखेटा
कोर्न मन छ गोरेटा ।
आदरणीय लेखक सुशीला देउजाज्यूको उत्कृष्ट बालकृति ‘विभूति दर्पण’ र ‘साङमो’ उपन्यास प्रकाशित भएको छ ।
उहाँ बालकृति लेखनमा मिहिनेती अग्रज लेखक हुनुहुन्छ । सम्पदा दर्शन, भाग १ (विश्वसम्पदा सूचीमा समावेश नेपालका विश्वसम्पदाको भ्रमणमा आधारित बालनियात्रा) को अपार सफलतापछि उहाँको सम्पदा दर्शन, भाग २ (सात प्रदेशका सात सम्पदा), अमेरिका दर्शन (अमेरिका भ्रमणमा रमाएका बालबालिकाहरु) र चारुमतीको रहस्य (बालबालिका माझमा अत्यन्त लोकप्रिय, वरिष्ठ कलाकार अविन श्रेष्ठको उत्कृष्ठ चित्रकलामा सजिएको बालचित्रकथा) अत्यन्त सफल कृतिहरु हुन् । यी कृतिहरुका लागि उहाँले आधा दर्जन बढी बालसाहित्य पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल हुनुभयो ।
आदरणीय लेखक विजय चालिसेज्यूको उत्कृष्ट बालकथाकृति TOY GUN AND OTHER STORIES प्रकाशित भएको छ ।
अग्रज अनुवादक जयन्त शर्माको अनुवाद र आदरणीय प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा प्रकाशित यस कृतिमा २५ वटा बालकथाहरु समावेश छन् ।
यस कृतिको सम्पादनदेखि प्रकाशनको चरणसम्म म आफैँ र विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसेजी पनि संलग्न हुनुभएकाले भन्न सक्छु नेपाली बालसाहित्यमा यो एउटा महत्वपूर्ण कृति हो । अंग्रेजी भाषामा नेपाली बालसाहित्य पढ्न चाहने बालबालिका र पढाउन चाहने विद्यालय परिवार र अभिभावकका लागि म यस कृति सिफारिस गर्दछु ।
इन्टरनेशनल स्कुल,, धुम्बाराही, काठमाडौमा गत पुस ९ गते बुधवार सिर्जनशीलता, उद्यमशीलता र दिगोपनालाई प्रोत्साहन गर्ने विशेष बजार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा अभिभावकको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले फोहोर सामग्रीबाट विभिन्न उपयोगी तथा आकर्षक वस्तुहरू निर्माण गरी बिक्री गरे ।
CONTINUE READINGनेपालमा बसेर नेपाली किम्बदन्ती र जातक कथामा आधारित नयाँ नाैलाे शैलीमा सुन्दर बालकथाकृति रचना गर्दै आउनुभएका अस्ट्रेलियन लेखक एवम् लिङ्कन स्कुलका शिक्षक लुइक डेविसद्वारा लिखित तेस्रो कृति माचिङ र यती बजारमा आएको छ । कला सिर्जनामा ख्यातिप्राप्त चित्रकार रत्नसागर श्रेष्ठको चित्रकलामा सजिएको यस कृति मंसिर २७ गते शनिवार नेपाली घर होटल, ठमेलमा आयोजित एक समारोमा सार्वजनिक गरिएको छ ।
CONTINUE READINGएडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन, भक्पुर) को फुटसल टुर्नामेन्ट २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ मंसिर २१ र २२ गते दुई दिन जगाती आदर्शस्थित हेल्दी फुटसलमा भएको उक्त प्रतियोगितामा सदस्य विद्यालयहरु मध्ये नौं वटा विद्यालयका जुनियर र सिनियर समूह गरी १८ वटा समूह बीच खेलहरु सम्पन्न भएका थिए । लिग चरणमा ७२ वटा खेलहरु खेलाइएका थिए। जसमा जुनियर समूह तर्फ ईडेन गार्डेन इङ्लिस स्कुल- प्रथम, सूर्योदय सेकेण्डरी स्कुल- द्वितीय, सेन्ट जोन्स इङ्लिस स्कुल- तृतीय र विमल मेमोरियल विद्यापिठ- सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
CONTINUE READINGसाहित्यकार रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरि आँसु’ (डिप टियर्स) को म्युजिक भिडियाे मंगलबार राजधानीको एक कार्यक्रममा लोकार्पण गरिएको छ ।
कार्यक्रममा रामबाबु सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, पत्रकार-लेखक दीपक सापकोटा, डा. बुद्धिमान श्रेष्ठ, डा. रवीन्द्रमान श्रेष्ठ, प्रा.डा सन्ध्या श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु क्षेत्री, कवि रेणु अधिकारी, साउण्ड इन्जिनियर प्रकाश खरेलले संयुक्त रूपमा यस म्युजिक भिडियाेकाे लोकार्पण गर्नुभएकाे थियाे ।
एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा खेल सप्ताहको कार्यक्रम भव्य रूपले उद्घाटन भयाे । उक्त कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले गर्नुभयो । खेलप्रेमी विद्यार्थीलाई हौसला थप्दै भण्डारीले राष्ट्रलाई माया गर्नुहोस् , नैतिकवान् बन्नुहोस्, अनुशासित बन्नुहोस् भन्नुभयाे ।
सोमबारसम्म चल्ने उक्त कार्यक्रममा पूर्व प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरु बीचमा आन्तरिक प्रतिस्पर्धा हुनेछ ।
अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता- २०८२ सम्पन्न भएको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन) को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा ईप्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो। विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो नृत्य प्रतियोगिता सामूहिक र एकल गरी दुईवटा छुट्टाछुट्टै विधामा सञ्चालन गरिएको थियो ।
CONTINUE READING