समानता

कथा साहित्य
  • ज्वाला ढकाल
    कक्षाः १०
    सेन्ट मेरिज स्कुल
    जावलाखेल

“ओइ खाजा दे त । दे भनेको सुन्दैनस् ? कति खानुपरेको गरिबको छोराले ? ” विद्यालयको चौरमा, खाजा खाइरहेको रामुलाई हरिले आज पनि हकार्यो राजु डरायो । उसले चुपचाप त्यो खाजाको बट्टालाई हरिको हातमा राखिदियो र घोसेमुन्टो लगायो ।
राजुको बुबा हरिको बुबाको अफिसमा भाँडा माझ्ने काम गर्थे । सफा सुघर गर्ने काम गर्थे । दुःख गरेरै भए पनि उनले राजुलाइ राम्रो शिक्षा प्रदान गर्न र राम्रो विद्यालयमा पढाएका थिए । राजुको आमा भने राजु जन्मने बित्तिकै मरेकी थिइन् । त्यसैले पनि आफ्नो पत्नीको नासोको सुन्दर भविष्यको कल्पना गर्दै आफ्नो छोरो राजुलाई उनले निकै कष्ट गरेर हरि पढ्ने स्कुलमा पढाएका थिए ।
हरि पढाइमा कमजोर विद्यार्थी थियो भने राजु पढाइमा अब्बल थियो । उ अब्बल विद्यार्थी थियो तर आफ्नो पारिवारिक अवस्थाले गर्दा उ चिन्तित हुन्थ्यो । सधैँ चुपचाप रहन्थ्यो । त्यसैले गर्दा हरिले राजुमाथि आफ्नो रीस पोख्थयो, इष्र्या ग¥र्थो ।
सधैँ झै आजपनि राजुमाथि हरिले नराम्रो व्यवहार गरेको थियो । आफूले हरिलाई हप्काउने वा शिक्षकलाई गएर कम्प्लेन गर्ने हिम्मत उसमा थिएन किनकि त्यसको परिणामस्वरुप राजुको बुबाको रोजगारी जान सक्थ्यो । यस्तो अन्योलमा परेपछि राजु आँखाभरि आँसु लिएर रुखको छहारीमुनि बसिरह्यो । खेल्न पनि गएन ।
चौरको कुनापट्टि विद्यालयको अफिस थियो । त्यहाँबाट नै रामुको गुरुआमाले रामु र हरिको त्यो व्रिmयाकलाप अघिनै देखि नियालिरहनुभएको थियो । हरि जाने बित्तिकै उहाँ त्यही रुख छेउ जानुभयो । “रामु तिमीलाई के भयो ? किन यस्तो अँध्यारो मुख लिएर बसेको ? हरिसँग कतै झगडा त परेन ?” रामुले गुरुआमाको मुहार नहेरी भन्यो, “होइन गुरुआमा, केही भएको छैन ।” यति भन्दाभन्दै रामुको आँखाबाट आँसु झर्न थाल्यो । गुरुआमाले उसलाई साँचो कुरा बताउन निकै कर गर्नुभयो । बल्लबल्ल रामुले हरिले आफूमाथि सधैँ गर्ने व्यवहारको बारे वृतान्त सुनायो । आफ्नो बुबाको ओहोदा उसको बुबाको भन्दा निकै सानो भएकाले, हरिले सधैँ उसलाई हेप्ने कुरा बतायो । रामुले यति बताउनासाथ गुरुआमा भावुक हुनुभयो । रामुलाई सम्झाउनुभयो । उहाँले हरिलाई बोलाउनुभयो, “हरि, ए हरि, यहाँ आउ त !”
हरि भने डरले मुख रातो पार्दै गुरुआमाकहाँ गयो तर गालीको साटो उल्टै उसलाई सम्झाउनुभयो । तिमीले राजुलाई सताउनु गलत कुरा हो । हाकिमकै छोराछोरी भएपनी तल्लो तहको मानिसकै छोराछोरी भएतापनि, जुनसुकै रङ, रुप, जात वा स्तरकै भएतापनि, विद्यार्थी भनेको समान हुन् । सबै विद्यार्थी बराबर हुन । तिमीलाई थाहा छ, संसारका प्रत्येक व्यक्ती अलग अलग किसीमका छन् । प्रकृतिले तिनलाई फरक फरक ढङगको बनाइदिएको छ । यसको मतलब के हा भने, हामी जेजे छौं, आफनै ढङगमा ठिक छौं, नौलो र हामी सबैमा नौला गुणहरु छन् । हामी सबै जना महत्वपूर्ण छौं, सबैका लागि ।
आजको निर्धन मानिस भोली धनवान हुनसक्छ । आजको कमजोर मानिस भोलि बलवान हुन सक्छ । त्यस्तै आज लडेको मानिस भोली उठ्न सक्छ ।
त्यसैले तिमीले राजु र राजु जस्ता अन्य साथीहरु आफू सम्मान हुन् भन्ने सोच राख्नुपर्छ, बुझर्यौ ।
गुरुआमाको कुरा सुनेपछि, सोचमग्न हुँदै हरिले राजुको हात समात्छ र भन्छ, “साथी मलाई माफ गर है । आज गुरुआमाले मलाई ठूलो पाठ सिकाउनुभयो । म आजदेखि कसैमाथि त्यस्तो व्यवहार गर्ने छैन । अब हामी मिल्ने साथी बन्नुपर्छ है ।”
त्यसपछि दुबैजना चौरतिर हात समातेर दगुरे । गुरुआमा भने दङग पर्दै कक्षा कोठा तर्फ जानुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *