‘हाम्रो विद्यालय बालमैत्री विद्यालय हो ।’
विद्यालयको भित्तामा अर्को नारा पनि थियो‘बालिकामाथि हुने हिंसा अन्त्य गरौँ ।’
हरेक वर्ष बाल दिवसमा प्रधानाध्यापक यही नारा गर्वका साथ दोहोर्याउँथे ।
एक दिन कक्षा नाै की रमिला विद्यालय आउँदा गेटमा खटिएका कर्मचारीले उनलाई घुरेर हेर्दै भने, “आज त निकै राम्री देखिएकी छौ !”
रमिला असहज भइन् ।
केही दिनपछि उही कर्मचारीले बाटो छेकेर अनावश्यक प्रश्न गर्न थाले। उनले साथीहरुलाई सुनाइन् । रमिलासहित केही साथीहरु भएर विद्यालय प्रशासनकहाँ पुगे।
उनीहरुको कुरा सुनेपछि प्रधानाध्यापकले भने, “हाम्रो विद्यालयमा यस्तो हुनै सक्दैन। यो त बालमैत्री विद्यालय हो !”
रमिलाले भित्तातिर हेर्दै भनिन्, “सर, भित्ताको नारा त बालमैत्री रहेछ, गेटमा उभिने मान्छेचाहिँ किन बालमैत्री भएन ?”
प्रधानाध्यापक मौन भए ।
कर्मचारीलाई बोलाइयो । उनले हाँस्दै भने, “मैले त जिस्किएको मात्र हो । आजकलका केटीहरू पनि कुरा बढाइहाल्छन् ।”
रमिलाले दृढ स्वरमा भनिन्, “हामीलाई जिस्क्याउने अधिकार कसैलाई छैन । विद्यालय पढ्ने ठाउँ हो, कसैले अनावश्यक कुरा साेध्ने र डर बाेकेर हिड्ने ठाउँ होइन ।”
भोलिपल्ट गेटमा नयाँ सूचना टाँसियो ।
‘बालमैत्री विद्यालय नाराले होइन, सुरक्षित व्यवहारले बन्छ।’
भित्तामा पुरानै नारा थियो। तर त्यस दिनदेखि विद्यालयले नाराको अर्थ बुझ्न थाल्यो।
रमिला र उनका साथीहरु निर्थक्क विद्यालय जाने आउने गर्न थाले ।
बेलबारी माेरङ

