– अनुस्का सापकोटा
कक्षा : ४ ‘ख’, ताराकुञ्ज सेकेण्डरी स्कुल, पोखरा -१३, पाटनबेँसी
सानी छु म अहिले
ठुली हुम्ला कहिले
सानो मेरो उमेर
सानै छन् यी रहर ।
झोला मेरो ठुलो छ
झोलाभित्र काम छन्
बोक्न मैले नसक्ने
किताबका भारी छन् ।।
घन्टी बज्छ छिन् छिन्मा
घडी सँगै हिँड्नु छ
भुल्न कतै पाउँदिन
छिटो खाजा खानु छ।।
किताबका पाठलाई
बुझ्न मैले भ्याउँदिन
मैले जान्ने भाषामा
बोल्न मैले पाउँदिन ।।
छिटो घर फर्केर
खाजा खाई पढ्नु छ
फेरि उस्तै दिन भेट्न
भोलि सबेर उठ्नु छ ।।
यस्तै छन् है मेरा यी
रहर हुन् की कहर
पाउने मैले कहिले हो
मेरो बाल अधिकार ।।

