मनकामना केबलकार चार दिन बन्द हुने
काठमाडौँ २०७८ पुस ४/ मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको हो ।
CONTINUE READINGकाठमाडौँ २०७८ पुस ४/ मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको हो ।
CONTINUE READINGडोटीको दिपायल सिलगढी नगरपालिका– ८ लडागडाको बेड गाँउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ ।
CONTINUE READINGकाठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।
CONTINUE READINGकेराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका– १ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामो छ ।
CONTINUE READINGगोदावरी नगरपालिका– ४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको सहभागितामा बडीखेलमा भएको छलफलमा सो मूर्ति स्थापना गर्ने निर्णय गरेको हो ।
CONTINUE READINGचीनको सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।
CONTINUE READINGनेदरल्याण्डमा ओमिक्रोन भेरियन्टको जोखिम क्रिसमसको समयमा अझ बढ्न सक्ने देखिएपछि कडा लकडाउनको घोषणा गरिएको छ । अति आवश्यक वस्तु बाहेकका पसल, बार, जिम, सैलुन लगायतका सार्वजनिक स्थलहरु आगामी जनवरीको मध्य सम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।
CONTINUE READINGभारतको दिल्ली प्रदेशका विद्यालयहरु शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथिका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य शुरु भएको छ । वायु प्रदूषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो ।
CONTINUE READINGकाठमाडौँ, पुस ३/ कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ ।
शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टिन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
अध्यागमन विभागले आजै प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ ।
काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ ।