२२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु

टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ ।

CONTINUE READING

पाकिस्तानमा बालबालिकामा कुपोषण

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच वर्ष पुग्नु अघि नै मृत्यु हुने गरेको छ ।

CONTINUE READING

इयूमा ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट

युरोपेली सङ्घ (इयू) को स्वास्थ्य निकायले सन् २०२२ को शुरु सम्ममा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।

CONTINUE READING

अमेरिकामा जोनसन एण्ड जोनसन खोप स्थगित

अमेरिकी विज्ञहरुको प्यानलले कोरोना विरुद्ध प्रयोग हुँदै आएको जोनसन एण्ड जोनसन खोपको सट्टा फाइजर अथवा मोर्डना खोप दिने पक्षमा मतदान गरेका छन् ।

CONTINUE READING

विश्व कोरोना अपडेट

अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ ।

CONTINUE READING

फाइजरको औषधि ओमिक्रोन विरुद्ध प्रभावकारी

औषधि निर्माण कम्पनी फाइजरले विकास गरेको औषधि कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको छ । कम्पनीले यसै साता एक विज्ञप्ति जारी गर्दै कोभिड विरुद्धको खाने औषधिले संक्रमणका कारण मृत्यु हुने तथा अस्पताल भर्ना हुनेको संख्यामा ८९ प्रतिशतले कमी ल्याउने दाबी गरेको छ । कम्पनीले २ हजार २ सय ५० जनामा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको जनाएको हो । यसले विश्वव्यापी रूपमा खोप लगाएका वा नलगाएका संक्रमितको जीवन जोगाउन उल्लेखनीय भूमिका निर्वाह गर्नेछ फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सो खाने औषधि सार्वजनिक प्रयोगका लागि अनुमति दिने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ । यसबारे फाइजरले केही दिनअघि नै एफडीएमा निवेदन दिइसकेको जनाएको छ । अनुमति पाएको खण्डमा यो नै कोभिड–१९ विरुद्ध अमेरिकी निकायले अनुमति दिने पहिलो औषधिको चक्की बन्नेछ ।

CONTINUE READING

अब बालबालिकालाई विद्यालयमा नै खोप : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउनुभएको छ ।

CONTINUE READING

सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् ।

CONTINUE READING

विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

CONTINUE READING

न्युयोर्कमा पहिलो महिला प्रहरी प्रमुख

अमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ । न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई प्रहरी प्रमुखका रुपमा हिजो घोषणा गर्नुभएको हो । न्युयोर्ककै नासाउ प्रहरी विभागमा २३ वर्षदेखि महत्वपूर्ण जिम्मेवारीमा कार्यरत किशान्त सन् २०२० मा जासुस प्रहरी प्रमुख हुनुभएको थियो । न्युयोर्कको प्रहरी विभाग […]

CONTINUE READING